इलाम: मानव अधिकार मञ्च नेपाल इलामले तीन दिने स्थानीय बाल अधिकार स्रोत व्यक्ति प्रशिक्षण शुक्रबार (आज)इलाममा शुरू गरेको छ ।
बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजना अन्तर्गत स्थानीय तहमा बाल अधिकार तथा संरक्षण प्रणालीलाई सुदृढिकरण गर्न प्रशिक्षण सञ्चालन गरेको परियोजना क्षेत्रीय संयोजक इश्वर लुङ्गेली मगरले जानकारी गराए ।
स्थानीय तहमा बाल अधिकार शुनिश्चित गराउँन संरचनागत रूपमा व्यवस्थित गर्ने आवश्यक प्रणालीका विषयमा प्रशिक्षणमा सहभागीलाई जानकारी गराइने बताइएको छ ।
राष्ट्रिय बाल अधिकार परिषदले सहजिकरण गरिरहेको प्रशिक्षणमा बाल अधिकार प्रवद्र्धन अवस्था, चुनौती, संभावना र भूमिका, राष्ट्रिय बाल अधिकार परिषदको प्राथमिकता, प्रयास तथा सहकार्यको बारेमा छलफल हुने परियोजनाले जनाएको छ ।
राष्ट्रिय बाल अधिकार परिषदका तालिम संयोजक आत्मराम थापा र परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले सहजिकरण भइरहेको छ । प्रशिक्षण कार्यक्रममा इलाम, पाँचथर, झापा, सुनसरी, मोरङ, धनकुटा, संखुवासभा तेह्रथुम लगायतको बीस जना सहकर्ताको सहभागीता रहेको छ ।