इलाममा एक सय २९ ले लिए उम्मेद्वारी फिर्ता, कुन पालिकामा कति उम्मेद्वारले लिए फिर्ता


सेवारो खबर  284 पटक हेरिएको

इलामः इलामका एक सय २९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अन्तिम नामावाली प्रकाशन गर्दै बैशाख ३० गते हुँने स्थानीय तहमा एक हजार ३ सय २७ जनाको चुनावी प्रतिस्पर्धा हुँने भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएकाले स्वेच्छिक रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण योङहाङले जानकारी दिए ।

दश स्थानीय तह भएको जिल्लामा सबै भन्दा बढी माई नगरपालिकामा ४५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । फाकफोकथुम गाउमापालिकामा २०, इलाम नगरपालिकामा १९, चुलाचुली गाउँपालिकामा १२, माइजोगमाई गाउँपालिमा ११, सूर्योदय नगरपालिकामा ८ जनाले उम्मेद्वारी फिर्ता लिएको जनाइएको छ ।

यस्तै माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिकामा चार-चना जना र रोङ र सन्दकपुर गाउँपालिकामा ३-३ जनाले उम्मेद्वारी फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माइ नगरपालिकामा ४५ जनाको उम्मेद्वारी फिर्ता
माई नगरपालिकामा ४ प्रमुख पद सहित ४५ जनाले उमेरद्धारी फिर्ता लिएका छन । शुक्रबार अन्तिम नामावली प्रशाशन गरेको निर्वाचन अधिकृतको कार्यालयले १५ जना वडाध्यक्षका, ७ जना महिला सदस्य ६ जना दलित महिला सदस्य र १३ जना वडा सदस्य ले उमेरद्धारी फिर्ता गरेको जनाएको छ ।

नेकपा एकिकृत समाजवादीका अनिल कुमार तामाङ, जनता समाजवादी पार्टीका टुपेन्द्र कुमार एक्तेन, स्वतन्त्र उमेरद्धारी दिएका भक्तबहादुर लुङ्गेली, गंगाराम काफ्ले (अर्जुन) ले उमेरद्धारी फिर्ता गरेका छन । लुङ्गेली नेकपा माओबादीमा मेयरका आंकाक्षी हुन । काफ्ले नेपाली काग्रेसका माई नगर कमिटी सचिव हुन ।

२ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद चम्लागाँई र स्वतन्त्र बुद्धिमान लिम्बुले मनोनयन फिर्ता गरेका छन । माई-३ बाट नेकपा माओवादी केन्द्रका तेजबहादुर घिमिरे र स्वतन्त्र शेरबहादुर लिम्बुले फिर्ता लिएका छन । लिम्बु २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट निर्बाचित सोही वडाका वडा अध्यक्ष हुन ।

४ नम्बर वडाका भुपालबहादुर सिंजालीले समेत फिर्ता लिएका छन् । सिंजाली एमालेकाबाट वडा अध्यक्षको आंकाक्षी बताइन्छ । माई-५ का नेकपा माओवादी केन्द्रका यदुनाथ दुलाल, जनता सामाजवादीका शुकराज राई र स्वतन्त्र केशरबहादुर राईले उमेरद्धारी फिर्ता लिएका छन् । राई एमाले नेकपा एमालेबाट निर्बाचित निबर्तमान वडा सदस्य समेत हुन ।

६ नम्बर वडाका नेकपा माओवादी केन्द्रका चक्रबहादुर कटुवाले, माई बाट-८ नेकपा माओवादी केन्द्रका मदनकुमार लिम्बु लोक्तामले उमेरद्धारी फिर्ता लिएका छन् । ९ नम्बर वडाका नेकपा माओवादी केन्द्रका सोमनाथ घिमिरे, जनाता समाजवादी पार्टीका दुर्गादेबी लिम्बु र स्वतन्त्र जीतबहादुर लावतीले उम्मेद्वारी फिर्ता गरेका छन् ।

१० नम्बर वडाका नेकपा माओवादी केन्द्रका कमलबहादुर राई र स्वतन्त्र मनबहादुर बस्नेतले फिर्ता गरेका छन् । बस्नेत २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट निर्बाचित सोही वडाका वडा अध्यक्ष हुन ।

उमेरद्धारी फिर्ता गर्ने सदस्यहरुमा माई-२ का नेपाली कांग्रेकी आईतमाया बिश्वकर्मा, केकपा माओवादी केन्द्रकी तुलसा बास्तोला गौतम, कालीबहादुर लिम्बु, रामबहादुर थापा छन ।

माई-३ की नेपाली कांग्रेसकी मिना देबी दमाई, इश्वरीमाया राई, नेकपा माओवादी केन्द्रकी शर्मिला केरुङ र सोमबहादुर बस्नेत छन । ५ नम्बर वड नेपाली कांग्रेसकी सितादेबी दमाई, सिताकुमारी राई, हस्तदाश राई, नेकपा माओवादी केन्द्रकी उमा चेम्जोङ, जसबहादुर लिम्बु, प्रकाश तामाङ, जनता समाजवादी पार्टीका दिलबहादुर मगर र स्वतन्त्र तर्फ सोफिया लिम्बु छन ।

८ नम्बर नेपाली कांग्रेसकी प्रचना परियार, केशरसिंह तामाङ र महेन्द्र थापा छन । माई-९ बाट नेकपा माममओवादीकी रामकुमारी बिश्वकर्मा, बिल्लीमाया तामाङ, र जनता समाजवादीका तिर्थबहादुर लिम्बु साउदेन छन । माई-१० बाट नेपाली कांग्रसकी तिर्थकुमारी सार्की, भिमबहादुर राई, नेकपा माओवादी केन्द्रकी अम्विका बानिया र गिताकुमार ढकालक छन ।

फाकफोकथुममा अध्यक्ष, उपाध्य २ सहित २० जनाले लिए उम्मेद्वारी फिर्ता
फाकफोकथुममा २१ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाचनको अधिकृतको कार्यालयका अनुसार एक अध्यक्ष, २ उपाध्य सहित २० जनाले लिए उम्मेद्वारी फिर्ता लिए ।

उम्मेद्वारी फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वारी बुद्धमाया तामाङ रहेकी छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी भद्रमाया तामाङ र स्वतन्त्र उम्मेद्वार तेजप्रकाश पौड्याल रहेका छन् ।

वडा अध्यक्षका आकांक्षी १० जना वडाले उम्मेद्वारी फिर्ता लिएका छन् । १ नम्बर वडाका अध्यक्षका स्वतन्त्र उम्मेद्वार बालकृष्ण भट्टराई, ३ नम्बर वडाका मंगोल नेशनल अर्गनाइजेसनका धनहाङ थेगिम, स्वतन्त्र चुडामणी पौड्याल, योगेन्द्र विक्रम पौड्यालर प्रेम खडकाले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै ४ नम्बरका स्वतन्त्रका शसिधर मगले वडा अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यहरूमा २ नम्बर वडाका नेकपा माओवादी केन्द्रका नरेशकुमार तामाङ, जनता समाजवादी पार्टीका प्रकाश राई रहेका छन् । ३ नम्बर वडाका माओवादी केन्द्रका प्रजापती भण्डारी रहेका छन् ।

५ नम्बर वडाका माओवादी केन्द्रका रामकृष्ण घिमिरे, धनबहादुर दर्लामी, स्वतन्त्र टेकबहादुर खपाङ्गी र चन्द्रबहादुर लिम्बू (फियाक)ले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै ५ नम्बर वडाका नेपाली कांग्रेसका सम्फा सार्की र रेनुका बोहोरा रहेका छन् ।

चुलाचुली गाउँपालिकामा १२ जानले लिए उम्मेद्वारी फिर्ता
चुलाचुली गाउँपालिकामा एक अध्यक्ष र एक उपाध्यक्ष सहित १२ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । अध्यक्षका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विक्रम लिङ्दम र उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीकी गंगामाया राईले फिर्ता लिएकी छन् ।

गाउँपालिका १ नम्बर वडाका नेकपा एकिकृत समाजवादी पार्टीको निसाम राई र २ नम्बर वडाका नेकपा एकिकृत समाजवादीका धनबहादुर राईले वडा अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यहरूमा १ नम्बर वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका मानबहादुर पौडेल, नेकपा माओवादी केन्द्रको शन्तोषकुमार राई, नेकपा एकिकृत समाजवादीकी हरिमाया चेम्जोङ लिम्बू छन् । यस्तै छ नम्बर वडाका नेकपा माओवादी केन्द्रका गंगाबहादुर श्रेष्ठ, धर्मराज नेपाल र टिका विश्वकर्मा छन् । नेपाली कांग्रेसका गोपाल राई र सरिता राईले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माईजोगमाईमा एक उपाध्यक्ष सहित ११ जनाले उम्मेद्वारी फिर्ता
माईजोगमाई गाउँपालिकामा एक उपाध्यक्ष सहित ११ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । स्वतन्त्रबाट पालिका उपाध्यक्षमा उम्मेद्वारी दिएकी कमली लाप्चाले मनोनयन फिर्ता लिएका हुन ।

१ नम्बर वडा अध्यक्ष पदमप्रसाद भण्डारी र ३ नम्बर वडा अध्यक्ष बसुधा मोक्तानले उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यहरूमा २ नम्बर वडाका स्वतन्त्र उम्मेद्वार मोहनकुमार बस्नेत, हेमछिरिङ लाप्चा, रामचन्द्र नेउपाने, बिमला महत छन् । यस्तै ३ नम्बर वडाका स्वतन्त्र उम्मेद्वार मानबहादुर तामाङ, कमलबहादुर कागते, सजना लाप्ता र गायत्रीदेवी दर्जी रहेका छन् ।

सूर्योदयमा ३ जना वडा अध्यक्ष उम्मेद्वार सहित ८ जनाको उम्मेद्वारी फिर्ता
सूर्योदय नगरपालिकामा ३ जना वडा अध्यक्ष उम्मेद्वार सहित ८ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । ५ नम्बर वडाका मंगोल नेशनल अर्गनाइजेसनका संजोग राई, ८ नम्बर वडाका स्वतन्त्र रमेश प्रधान र १३ नम्बर वडाका नेकपा एकिकृत समाजवादी पार्टीका दुर्गाबहादुर राईले अध्यक्ष पदको उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यहरूमा ७ नम्बर वडाका स्वतन्त्र उम्मेद्वार लोकनाथ खडका र इन्दिरा गजमेर रहेका छन् । यस्तै १२ नम्बर वडाका नेपाली कांग्रेकी वर्षा लिम्बू, १३ नम्बरका स्वतन्त्र प्रमुनाथ पौडेल र नेकपा माओवादी केन्द्रको गणेशबहादुर राइले उम्मेद्वारी फिर्ता लिएको जनाइएको छ ।

देउमाईमा अध्यक्ष पद सहित चार जनाले उम्मेद्वारी फिर्ता
देउमाई नगरपालिकामा एक वडा अध्यक्ष पद सहित चार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । ३ नम्बर वडाका एकिकृत समाजवादी पार्टीका अध्यक्षका उम्मेद्वार कुमार राईले उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यहरूमा १ नम्बर वडाका एकिकृत समाजवादी पार्टीकी गंगा दियाली, ६ नम्बर वडाको दिपेश राई रहेका छन् । ९ नम्बर वडा नेपाली कांग्रेसकी सुजता मिझारले उम्मेद्वारी फिर्ता लिएकी छिन् ।

माङसेबुङमा चार जनाको उम्मेद्वारी फिर्ता
माङसेबुङमा एक अध्यक्ष पदका उम्मेद्वार सहित चार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । एकिकृत समाजवादीका पालिका अध्यक्षका उम्मेद्वार हर्कप्रसाद साम्बाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

२ नम्बर वडाका वडा अध्यक्षका उम्मेद्वार नेकपा एकिकृत समाजवादी पाटीका टिकाराम खुलाल, ३ नम्बर वडाका स्वतन्त्र शिलास राई र ५ नम्बर चन्द्रा इङनाम सेन्दाङले वडा अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका हुन ।

रोङ गाउँपालिकामा ३ जनाको उम्मेद्वारी फिर्ता
रोङ गाउँपालिकामा एक उपाध्यक्ष पद सहित तीन जनो उम्मेद्वारी फिर्ता लिएका छन् । नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्षका उम्मेद्वार देवकुमार राईले उम्मेद्वारी फिर्ता लिएका छन् ।

उम्मेद्वारी फिर्ता लिने सदस्यमा ३ नम्बर वडाका नेकपा माओवादी केन्द्रको भक्तबहादुर भूजेल, ५ नम्बर वडाको रमेश खतिवडाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

सन्दकपुरमा ३ जनाको उम्मेद्वारी फिर्ता
सन्दकपुर गाउँपालिकामा एक अध्यक्ष पद सहित तीन जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वार फिर्ता लिनेमा पालिका अध्यक्षका उम्मेद्वार उमेशकुमार गुरूङले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै ३ नम्बर वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका निरबहादुर सुवेदी र स्वतन्त्र सदस्य चन्द्रबहादुर राईले उम्मेद्वारी फिर्ता लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार