इलाम: स्थानीय तह निर्वाचनका लागि इलामको सुरक्षाको अवस्था सामान्य रहेको छ । एक सय ५१ मतदान केन्द्र र दुई सय ८५ मतदान स्थल रहेको जिल्लाको अवस्था सामान्य रहेको जिल्ला जिल्ला सुरक्षा समितिले जनाएको छ ।
मतदातालाई भयरहित वातावरणमा मतदान गराउँने सबै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँने काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राखेर तीन प्रकारको मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । सामान्य, संवेदनशिल र अति संवेदनशिल भनेर छुट्याएको मतदान केन्द्रको सुरक्षाको आवश्यक व्यवस्थानको तयारी पुरा हुन लागेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षाका हिसाबले ६३ मतदान केन्द्र सामान्य, ५९ संवेदनशिल र २९ मतदान केन्द्रलाई अति संवेदशिल अवस्थामा राखेर सुरक्षा रणनीति तयार गरिएको बताइएको छ ।
जिल्लामा १३ सय सात म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित तीन हजार बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार मतदान केन्द्रको भित्री सुरक्षा प्रहरीले गर्नेछ । मतदान केन्द्रको बाहिरी सुरक्षा शसस्त्र प्रहरी र सुरक्षा व्यवस्थाको तेस्रो बाहिरी क्षेत्रमा नेपाली सेनाले सुरक्षा पहरा दिने व्यवस्था छ ।