आज सम्पन्न स्थानीय तहको निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खस्यो


सेवारो खबर  296 पटक हेरिएको

इलामः बैशाख ३० (आज) सम्पन्न निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खसेको छ । जिल्लामा एक लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्राम्भिक तथ्याङ्क अनुसार ७९ हजार ८ सय ४ पुरूष र ७५ हजार एक सय ५१ जनाले मतदान गरेका छन् ।

जिल्लाको जम्मा मतदाताको संख्यालाई हेर्ने हो भने ६९ हजार ७ सय ९३ जनाले मतदान नगरेको देखिन्छ ।

खसेको मतमा ३२ हजार ८ सय ३ जना महिला र ३६ हजार ९ सय ९० पुरूष मतदाताले मतदान नगरेको प्राम्भिक तथ्याङ्क छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार २ लाख २४ हजार ७ सय ४८ जना मतदाता संख्या रहेको छ । यसमा महिला एक लाख १२ हजार ६ सय ७ जना र एक लाख १२ हजार एक सय ४१ जना पुरुष छन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा अहिले मत पेटिका स‌कलन सकेर मत गणनाकाे तयारी भइरहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार