सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ ।
नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो ।
नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन सहज हुन्छ ।’
‘प्रमुख साम्पाङले आफ्नै बाइक प्रयोग गर्ने हो, गाडि चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निणर्य भएको हो, । मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ ।’
मेयर निर्वाचित भए पनि साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्छन् । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् ।