इलाम: इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समित गठन भएको छ । प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न लगाउँन संघर्ष समिति गठन भएको बताइएको छ ।
प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ घोषणा गराउन दवाव दिने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामको संयोजनमा १६ वटा घटकहरुको संलग्नतामा लिम्बुवान किरात संयुक्त संघर्ष समिति गठन भएकोे हो ।
संघर्ष समितिले वर्तमान १४ जिल्ला भएको प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक, साँस्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानका आधारमा ‘लिम्बुवान किरात’ प्रदेश नामाङ्कन गर्न उपयुक्त हुने साझा धारणा सार्वजनिक गरेको छ ।
संघर्ष समितिले मंगलबार एक प्रस विज्ञप्ति जारी गर्दै लिम्बुवान किरात संयुक्त संघर्ष समिति प्रदेश कार्यदलले घोषणा गरेको आन्दोलनलाई इलाममा समेत सशक्त बनाउने जनाएको छ ।
तत्कालिन संविधानसभाको विषयगत समिति र राज्यपुर्नंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भएबमोजिम पहिचानमा आधारित प्रदेशका नामहरु सुनिश्चित हुनुपर्ने माग उठिरहेकै बेला ५ वटा प्रदेशको नाम सोको मर्मविपरित यसअघि नै घोषणा भईसकेको छ ।
प्रदेश २ को भने पहिचानको आधारमा ‘मधेस प्रदेश’ नामाकरण भएको छ । प्रदेश १ लाईपनि संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान किरात’ नामाकरणका गर्न आन्दोलन जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
लिम्बुवान किरात संर्घष समितिमा १. नेपाली कांग्रेस सम्बद्ध लिम्बू संघ २. नेकपा (माओवादी केन्द्र) आवद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा ३. जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति ४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च ५. नेकपा (माओवादी केन्द्र) किराती राष्ट्रिय मुक्ति मोर्चा ६. किरात याक्खा छुम्मा ७. किराता याक्खा लोकतान्त्रिक मुक्ति मोर्चा ८. नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद ९ सुनुवार सेवा समाज १०. याक्थुङ युवा मञ्च ११ं लिम्बू विद्यार्थी मञ्च १२. किरात याम्फू समाज १३. लिम्बू सास्कृतिक परिषद १४. याक्थुङ लेखक संघ १५. नेपाल मगर संघ १६. किरात याक्थुङ चुम्लुङ छन् ।