इलामः नेकपा एमाले इलामले पार्टी सचिवसँगै बिभिन्न तहमा रहेका कार्यकर्तालाई कारबाही गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको पूणर् बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको बताइएको छ ।
उनिहरूले गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको हो ।
निर्वाचनमा असहयोग गरेको भन्दै पार्टी जिल्ला कमिटी सचिव उमेश गुरुङलाई कारबाही गरेको जनाइएको छ । गुरूले निर्वाचनमा सन्दकपुर गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिएर उम्मेद्धारी फिर्ता लिए पनि उनलाई पाटीले कारबाही गरेको छ ।
पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा इलाम नगरपालिका नगर इन्चार्ज बद्री खड्कालाई समेत कारबाही गरेको छ ।
सन्दकपुर गाउँपालिकाका पार्टीका उपाध्यक्ष चन्द्र राई, फाकफोकथुम गाउँपालिका पार्टी कमिटी उपाध्यक्ष लोकबहादुर थापा र माई नगरपालिका नगर कमिटी सचिवालय सदस्य मोहन देवानलाई कारबाही गरिएको जनाइएको छ ।
पार्टीले प्रदेश कमिटीमा रहेका केही ब्यक्तिलाई समेत कारबाहीका लागि सिफारिस गरेको छ । जिल्ला कमिटीले शेरधन राईको संयोगकत्वमा गठित प्रदेश छानमिन आयोगलाई कारबाहीका लागि केही प्रदेश सदस्यहरुको नाम सिफरिस बताइएको छ ।
जिल्ला कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार जिल्लाले स्थानीय तहमा रहेर असहयोग गरेका ब्यक्तिहरुलाई समेत कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचनमा अन्तर्घातका बिषयमा छानमिन तथा समिक्षा गरेर कारबाहीको आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको बताइएको छ ।
गएको निर्वाचनलाई ब्यापक समिक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनमा सशक्त भएर होमिने निणर्य समेत गरेको छ ।