८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि


सेवारो खबर  171 पटक हेरिएको

काठमाण्डौः पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो ।

यही अवधिमा दुई सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार नौ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।@ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार