“मानव बेचबिखनको न्यूनिकरणको कार्यक्रम आवश्यक”

विगतमा सञ्जालमा रही काम गरेका ६ जना निर्वाचित जनप्रतिनीधिलाई सम्मान


सेवारो खबर  487 पटक हेरिएको

माई: मानव बेचबिखनको बिरूद्धमा सरोकारवालाले न्यूनिकरणको कार्यक्रम आवश्यक भएको माई नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

विश्व मानव बेचविखन बिरूद्ध दिवसका अवसरमा युवा सशक्तिकरण सञ्जाल माई नगरपालिकाले आयोजना गरेका छलफल कार्यक्रममा बोल्दै मानव बेचबिखनको न्यूनिकरणमा सरोकारावालाले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामको एडब्लुुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सामाजिक रूपान्तरणका लागि युवा जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वः उद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्ध अभियान’ परियोजनाको सहयोगमा भएको कार्यक्रममा मानव बेचबिखन रोकथामका विषयमा छलफल भएको थियो ।

छलफलमा समाजमा सामाजिक सञ्जाल, धेरै पैसा कमाउने उद्देश्य, गरिबी तथा मानसिक समस्याले व्यक्ति बेचविखन तथा दुव्र्यवहारमा परिरहेकाले समाज बढीभन्दा वढी असुरक्षित बन्दै गएको सहभागीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिकाका वडाध्यक्ष हेमबहादुर लायो मगर, अतिथि बडा नम्बर १ का वडाध्यक्ष रामबहादुर राई, युवा सशक्तिकरणक सञ्जालका बुद्धराज योङ्हाङ, अस्मिता राईले गरिबी, अशिक्षा, बेरोजगारी, यौन दुव्र्यवहार, वैदेशिक रोजगारीको वहानामा मानव बेचविखन हँुदै आएको अनुुभव व्यक्त गरे ।

सञ्जालका अध्यक्ष दीपेन्द्र लिम्बूको अध्यक्षता भएको कार्यक्रममा विगतमा युवा सशक्तिकरण सञ्जालमा रही काम गर्दै आएका स्थानीय तह निर्वाचन-२०७९मा निर्वाचित भएका ८ नम्बर पडाका शेरबहादुुर बस्नेत, कामना गजमेर, ९ नम्बर वडाका गणेश तामाङ, सोनिया लावती, ५ नम्बर वडाकी लीला विश्कर्मा, २ नम्बर वडाकी कन्तादेवी पाण्डेलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी वेस क्याम्प दानावारीका प्रमुख प्रहरी निरीक्षक विराजमान कटुवाललाई स्वागत र दुव्र्यसन सम्बन्धी सडक नाटकका कलाकार लगायतलाई समेत सम्मान गरिएको जनाइएको छ ।

सञ्जाल सचिव पवित्रा बुर्जाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष बुद्धराज योङ्हाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वडाध्यक्षहरु देवकुमार तामाङ, भूपाल पूर्वाछाने मगर, सशस्त्र प्रहरी दानाबारी प्रमुख विराजमान कटुवाल, ट्राफिक प्रहरी कुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।

२०७६ सालदेखि सञ्जालले वेचविखन रोकथामका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । अभियान अन्तर्गत लागूपदार्थ दुव्र्यसन सम्बन्धी घरदैलो कार्यक्रम, विद्यालय कार्यक्रम, सडक-नाटक, वैदेशिक रोजगारीमा जानुअघि परामर्श, मानव बेचविखनबिरुद्ध अभियान, नगर सरसफाई, स्वरोजगार तालिम सञ्चालन, मानव बेचबिखन रोकथाम सचेतना, उद्धार र संरक्षण लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जुलाई ३० तारिखमा मानव बेचविखन दिवस नेपालमा पनि मनाइने गरेको छ । २०१३ जुलाई ३० देखि यो दिवस मनाइँदै आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार