रोङ: इलामको रोङ गाउँपालिकामा स्थानीय तहको न्याय सेवामा सरोकारवालाहरुको भूमिका विषायक छलफल कार्ययोजना बनाउँदै सम्पन्न भएको छ ।
मानव अधिकार मञ्च नेपालद्वारा ओपन सोसाइटी पोलेसी सेन्टरको सहयोगमा संचालित गुणस्तरीय न्याय सेवाका लागि स्थानीय सरकार सहयोग परियोजना अन्तरगत रोङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
न्यायिक समितिले अघिल्लो पाँच बर्षमा गरेका न्यायिक कार्यहरुको समिक्षात्मक प्रस्तुती उजुरी प्रशासक रेनुका राईले प्रस्तुती राख्नु भएको कार्यक्रममा गुणस्तरीय न्याय सेवाका सम्बन्धमा तयार पारिएको सूचकहरुको प्रस्तुती मानव अधिकार मञ्चका सहजकर्ता योगराज सापकोटाले राखेका थिए ।
प्रस्तुती पछि भएको छलफलको क्रममा उठेको सवालहरुलाई सम्बोधन गर्नका लागि आगामी कार्य योजना समेत निर्माण भएको बताइएको छ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिष्णुमाया भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो “सुवास” पूर्व प्रदेश सांसद काजिमान कागते, जिल्ला समन्वय समिति सदस्य प्रेमराज गुरुङ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द दाहाल, कार्यपालिका सदस्यहरु, न्यायिक समिति सदस्यहरु बलबहादुर तामाङ र तिर्थ राज ढुङ्गेल, उजुरी प्रशासक रेनुका राई र मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव अधिकार मञ्चका अध्यक्ष मोहन सिंह थेबे, सहजकर्ता योगराज साप्कोटा, कार्यक्रम संयोजक मनकुमार बराईली, फिल्ड अफिसर अर्पण मगर र फाइनेन्स अफिसर रञ्जना सुब्बाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परियोजना संयोजक मनकुमार बराईलीले स्वागत तथा औचित्यबारे प्रस्तुत गरेको छलफलमा सञ्चालन फिल्ड अफिसर अर्पण मगरले गरेका थिए ।