माइजोगमाईमा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम शुरु


सेवारो खबर  535 पटक हेरिएको

माइजोगमाई: उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम माइजोगमाई गाउँपालिमा शनिबार शुुरु भएको छ । गाउँपालिकाको १, ३ र ६ नम्बर वडामा शुुरु भएको तालिममा ९९ जनाको सहभागिता रहेको छ ।

गाउँपालिकाको १, ५ र २ वडाका सहभागी एक नम्बर वडा कार्यालयको तालिम केन्द्रमा ३९, ३ र ४ नम्बर वडाका युवा सहभागी ३ नम्बर वडा कार्यालयमा भइरहेको तालिम केन्द्रमा ४१ जनाको सहभागिता रहेको बताइएको छ । गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको तालिम केन्द्रमा १८ जनाको युवाहरुको सहभागिता रहेको छ ।

माइजोगमाई गाउँपालिकाको आयोजना मानव अधिकार मञ्च नेपाल इलामको एडब्लुुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सामाजिक रूपान्तरणका लागि युवा जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वः उद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्ध अभियान’ परियोजनाको सहयोगमा तालिम शुुरु भएको हो ।

युवाहरुलाई स्थानीय क्षेत्रकै स्रोत र साधनको खोजि गर्दै जीविकोपार्जनको आधार निर्माण गर्दै स्वारोजगार बनाउँने उद्देश्यले तालिम सञ्चालन गरेको परियोजना संयाुजक सन्तोष मगरले जानकारी गराए ।

तालिममा व्यवसायिक योजनाको पहिचान, छनौट, बजार तथा व्यवसायिक योजनाको स्रोत साधनको खोजिका विषयमा जानकारी गराउँदै व्यवसायिक योजनाको निर्माणको विषयमा जानकरी गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार