नेपाल कम्युनिष्ट पार्टीको बन्दले विहानैदेखि इलाममा बजार पसल बन्द, सवारी साधन चलेनन्

अत्यावश्यक सवारीका साधन भने सञ्चालन हुने पार्टीकाे भनाई


सेवारो खबर  140 पटक हेरिएको

इलामः नेपाल कम्युनिष्ट पार्टीको(नेत्रविक्रम चन्द) बन्दको प्रभाव इलाममा पनि परेको छ । बन्दले विहानैदेखि बजार पसल खुलेनन् । बन्दले सवारी साधन नचल्दा सरकारी कार्यालय खुलेपनि सेवाग्राहीको उपस्थीति न्यून देखिएको छ ।

मेची राजमार्ग भएर विभिन्न ठाउँमा जाने सवारी साधन समेत आँशिक मात्र सञ्चालनमा आएको जिल्ला ट्रफिक कार्यालयले जनाएको छ ।

लामो तथा छोटो दुरिका सवारीका साधन चलेका छैनन् । गाउँदेखि सदरमुकाम इलामबजार र इलामदेखि राजधानी जाने सवारी साधन सञ्चालनमा आएनन ।

गाउँका विद्यालय कतै खुलेका छन् भने कतै बन्द भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयले भने बजार पसल सवारी सधान नचले पनि जिल्लाको सुरक्षाको आवस्था सामान्य रहेको जनाएको छ । कार्यालयका अनुुसार बन्दकर्ता देखिए पनि अप्रिय घटना भएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टीले शीर्ष नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा बन्दको आव्हान गरेको जनाएको छ ।

सरकारले नेता र कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने सहमति जनाए पनि पुन नेताहरूमाथि पक्राउ पुर्जी जारी भएपछि यसको विरोध गर्न बन्दको गर्नुु परेको पार्टीका इलाम इन्चार्ज सुनम सिंहले जानकारी गराए ।

१९ महिना बितिसक्दा पनि सरकारले तीन बुुँदे सम्झौता कार्यान्वयन गरेका छैन । सहमतीको धज्जी उडाउँदै महासचिव बिप्लव र पार्टीका नेता कार्यकर्ता माथि पक्राउ पुुर्जी जारी गरेर देशलाई द्वन्द्वको भूूमरीमा फसाउँने कुख्यात सडयन्त्रमा राज्य उसका निकायहरू लागेको देखिन्त पार्टीका जिल्ला सचिव मौसमले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार