
दमक : पर प्रेम को प्रदशनी मिती तोकिन साथ युवा पिंडी को चासो बढेकाे छ। रंगकर्मी रतन सिगु मिताद्वारा लेखन तथा निर्देशीत चलचित्र पर प्रेम एक प्रचलीत सामाजिक घटनालाई आधार बनाई निर्माण गरिएको छ।
हंकङ्ग निवाशी नबिन सुहाङ्ग लिम्बुले निर्माण गरेको चलचित्रको प्रिमीयर हंकंङ्ग र सिंगापुरमा गरिने जानकारी निर्माण पक्षले जनाएकाे छ ।
पुर्ब का रंगकर्मीहरूले अभिनय गरेको चलचित्र पर प्रेम यसै साता भाद्र १२ देखी बिर्तामोड स्थित पाथीभरा सिने प्लाजामा लाग्ने सिने प्लाजाका प्रबन्धकले जानकारी दिए ।
राजु खरेल, अंम्रीता जबेगु , नबिन सुहाङ्ग , गजेन्द्र खतीवडा , मायादेबी सिटौला ,ज्ञानु श्रेष्ठ, रूद्र दिक्षित् गौतम, रतन सिगु मिता, प्रकाश भट्टराई , पर्णामी पुष्पा, गंगा प्रसाई, बिबेक मिश्र , संन्तोस मगर आदिले अभिनय गरेको चलचित्रको छायांङ्कन ईलामको लोशे र झापाका केही स्थानमा गरिएको जानकारी निर्देशक रतन मिताले जानकारी गराए ।
फिल्म को लागी धेरै पटक स्थान अवलोकन र रहन सहन बुझ्नलाई हामी सुटिङ शुरू हुन भन्दा महिना आगाडि २/३ पटक लोशे नै पुगेको बताइएकाे छ ।
जिबन्त निकालने सक्दो प्रयास गरेका छौ भन्दै एक पटक हलसम्म गएर हाम्रो मेहनत लाई हेरेर हामीलाई सल्लाह सुझाब दिनु हुन अनुरोध निर्माण नियन्त्रक प्रकाश क्षितिजले गरे ।
मेहनत गरेर तयार पारिएको चलचित्र पर प्रेमको क्रेज अहिले झापा र झापा बाहिर देखी सुन्न र देख्न पाईएको महसुस गरिएको बताइन्छ । फिल्म बि एस बि ईन्टरटेनमेन्ट ब्यानरमा निमार्ण गरिएकाे छ।