इलामः नेकपा एकीकृत समाजवादीले पार्टी इलामले स्थापनको पहिलो वर्षगाँठ मनाएको छ । बिहिबार साँझ इलाम चोक बजारमा दिप प्रज्वलज गर्दै निर्वाचन आयोगमा दर्ता भइ प्रमाण पत्र पाएको दिनलाई पार्टी पुर्न गठन दिवसका रूपमा मनाएको हो ।
नेकपा एमालेलाई खड्गप्रसाल ओलीले दक्षिणपन्थी अवसरवादको भासबाट जोगाउँदै, संविधानको रक्षा गर्दै देश र जनताको भावनलाई कदर गर्न पार्टी पुर्न गठन गरेको पार्टी जिल्ला अध्यक्ष भक्त केसीले बताए । उनले पार्टीको वर्षगाँठको अवसरमा सबैलाई शुुभकामना दिदै, सधै देश र जनताको पक्षमा बोल्ने नेकपा एकीकृत समाजवादी पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।
पार्टी जिल्ला सचिव हरिबाला राईले नेपाली जनताले लामो संघर्ष पछि प्राप्त गरेको लोकतन्त्र समाप्त गर्ने पडयन्त्रमा केपी ओली लागेकोले लोकतन्त्र रक्षा र विकास गर्न पार्टीको पुनर्गठन गरेको बताउँदै, चेतनशिल नेपाली नागरिक सबै एकीकृत समाजवादी पार्टीमा गोलबद्ध हुुनुपर्नेमा जोड दिए ।
संविधानको रक्षा गर्दै मुलुकको हितको पक्षमा पार्टीले काम गर्ने विद्यार्थी नेता संञ्जीव थामीले बताए । पार्टी सचिवलय सदस्य सोम शर्माले सञ्चालन गरेको कोण सभामा पार्टीका जिल्ला कमिटी सदस्य, बुुद्धिजीवि, समाजवादी, विद्यार्थी संगठनमा नेता कार्यकर्ताको उपस्थीति रहेको थियो ।
यसैबीच बिहिबार आज देशै भरी बर्ष गाँठ मनाइएको छ । वर्ष गाँठकै अवसरमा पार्टीका अध्यक्ष माधव नेपालले ‘एक वर्षको छाटो अवधिमा कुनै पार्टीले यति प्रगति गर्न नसक्ने बताउँदै आफ्नो पार्टीको प्रगतिमा सन्तुष्टि भएको बताए ।
अध्यक्ष नेपालले अझैं पनि सबै पालिका र वडामा संगठन निर्माण भई नसकेको जानकारी बताउँदै, पार्टीका संगठित सदस्य करिब १ लाख २५ हजारको हाराहारीमा रहेको तथ्य समेत प्रस्तुत गरे ।
हालै नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदनमा अहिलेसम्म पार्टी सबै जिल्ला, ७३.७० प्रतिशत पालिका र ५५.२१ व्डामा कमिटी निर्माण गर्न सकेको नेपालको प्रतिवेदनमा उल्लेख छ ।
संगठन निर्माणको काम जति भएको छ, त्यो सन्तोषजनक भए पनि पर्याप्त भने छैन, ‘तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझैं प्राप्त भएको छैन ।’
यो अवधिमा केन्द्रीय निकाय र विभागमा १ हजार ५ सय ३८, प्रदेश कमिटीमा १ हजार ४ सय १५ र जिल्ला कमिटीहरुमा १४ हजार ६ सय ३९ जना संगठित सदस्य बनेको एकीकृत समाजवादीले उल्लेख गरेको छ । त्यस्तै पालिका कमिटीहरुमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ संगठित भएको बताएको छ ।