मनसिक समस्यामा परेकाको निशुल्क उपचार गर्दै सन्दकपुर गाउँपालिका


सेवारो खबर  184 पटक हेरिएको


सन्दकपूरः सन्दकपुर गाउँपालिकामा मानसिक समस्यामा परेका बिरामीको निशुुल्क उपचार शुरु गरेको छ । युनिटी इन हेल्थ संस्थाले स्वाथ्यकर्मीलाई तालिम र बिरामीको उपचारसँगै औषधी वितरणमा सहयोग गरेसँगै गाउँपालिकाले निःशुल्क उपचार शुुरु गरेको हो ।

आत्महत्याका घटना न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका बिरामीको निःशुल्क उपचार शुरु गरेको जनाइएको छ । संस्थाको कार्यक्रम सकिए पनि गाउँपालिकाले बजेट विनियोजन गरी बिरामीको निःशुल्क उपचार थालेको जनाइएको छ ।

युनिटी इन हेल्थको उपचार सहयोगसँगै स्वास्थ्य संस्थाबाट चेतनामुलक र उपचारात्मक सेवाको व्यवस्थापनको काम गर्दै गाउँपालिकाले मानसिक स्वास्थ्यको उपचारात्मक सेवा प्रदान गरेपछि मानसिक समस्यामा परेका बिरामी समेत समाजमा खुल्न थालेको बताइएको छ ।

सचेतनामुलक कार्यक्रम र निःशुल्क औषधी वितरणले मानसिक समस्यामा परेका बिरामी खुल्दै गएको जमुना स्वास्थ्य चौकी सन्दकपूर ५ का प्रमुख भुपेन्द्र भट्टराईले बताए ।

मानसिक स्वास्थ्यको उपचारात्मक सेवाले बिरामी आफै स्वास्थ्य संस्था पुग्न थालेको सन्दकपूर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुरझारले बताए । उनका अनुसार मानसिक रोगीको पहिचान गर्न सन्दकपूर गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार