इलाम: सहकारी संस्थाहरुको साख सुचनाका लागि लुज नेटवर्कको रुपमा इलाममा म्यानेजर्स क्लब गठन भएको छ । क्लबले आगामी दिनमा सहकारीको ऋण लगानीको जोखिम न्युनिकरणका लागि अनौपचारिक शाख सुचना आदान प्रदान गर्न क्लब गठन गरिएको हो ।
आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामको आयोजनामा आयोजित इलाम कोअपरेटिभ म्यानेजर्स मिट २०७९ कार्यक्रमका विचमा सो समिति गठन गरिएको थियो । कार्यक्रममा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप श्रेष्ठले शाख सुचनाको आवश्यकताका विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।
इलाम नगरक्षेत्रमा दैनिक बचत संकलन गर्ने सो सहकारी संस्थाका म्यानेजरहरुको भेलाले म्यानेजर्स क्लब गठन गरेको हो । याम प्रधानको अध्यक्षमा गठित समितिको उपाध्यक्षमा भोला पौडेल सचिवमा भुवन सुवेदी, सहसचिवमा खड्ग बहादुर बस्नेत र कोषाध्यक्षमा तिर्था श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा कृष्ण बस्नेत, अर्जुन शिवाकोटी, चन्द्र न्यौपाने, अर्जुन पोखरेल, तिर्थ राज पौडेल, यामकुमार राई, टंक ढुंगाना, हुकुमबहादुर राई, दिपेन भट्टराई, झलनाथ भट्टराई, जुनु लिम्बु, दमन्ता घिमिरे र राजेन्द्र ठकुरी रहेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका आयोजक संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठले चयन भएका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सहकारीको ऋण लगानीमा सहजता हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यस लुज नेटवर्कले सहकारी अभियानमा नयाँ आयाम थप्ने विश्वास लिएको छु ।’