इलामः जनता समाजवादी पार्टी इलामले प्रतिनीधि र प्रदेश सभा निर्वाचनको उम्मेद्वारी टुुङ्गो लगाएको छ । पार्टीले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फको उम्मेद्वारी टुुङ्गो लगाएको बताइएको छ ।
पार्टीले प्रतिनीधि सभा प्रत्यक्षमा इलाम क्षेत्र नम्बर १ मा कमलकुमार चाम्लिङ, क्षेत्र नम्बर २ मा यामप्रसाद लिम्बुुको उम्मेद्वारी सिफारिस गरेको छ ।
प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ (क) लिलाबहादुर सुनुवार (ख) ओपेन्द्र राई लाई उम्मेद्वारी अघि सारेको छ । यस्तै क्षेत्र नम्बर २ (क) रामकुमार लिम्बू (ख) बलबहादुर आङदेम्बेको नाम सिफारिस गरेको छ ।
समानपातिक तर्फ प्रतिनीधि सभामा (१) लासाङ तामाङ, (२) कुमार रुचाल, (३) द्रिपादास राई ( दिलिप), र प्रदेश सभामा (१) मित्र चापागाई २) छिकिन तामाङ ३) सुवास राई चौरासे र ४) शिल्पा राईको नाम छनौट जनाइएको छ ।
पार्टीको जिल्ला अध्यक्ष अध्यक्ष कमलकुमार चाम्लिङ राई अध्यक्षता, केन्द्रीय सदस्य मित्र चापागाई, जिल्लाका पदाधिकारी र सदस्य, प्रदेश समिति प्रतिनिधीको शुक्रबार बसेको बैठकले उम्मेद्वारीको टुुङ्गो लगाएको हो ।