देउमाईः नेपाल रेडक्रस सोसाइटीको ६० स्थापना दिवस खान्द्रुङमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।
युवा रेडक्रस सर्कल खान्द्रूङ माध्यमिक विद्यालयको आयोजनामा सहयोग हस्तान्तरणसँगै अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
सर्कलको अगुवाईमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्सव गुरागाईंको टाउकोको उपचार गर्न शिक्षक र विद्यार्थीका तर्फबाट नगद २३ हजार ५ सय ८० विरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल र विद्यालयको आयोजनामा प्राथमिक तह स्तरीय अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीसँगै अनुुशासित विद्यार्गीलाई सम्मे पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
युवा रेडक्रस सर्कलका अध्यक्ष बिप्लब एक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, इलामका सदस्य भक्तबहादुर लिम्बू, शिक्षक नायक ताराप्रसाद निरौला, सर्कल संरक्षक काजीमान एक्तेन लगायतले बोलेका थिए । कार्यक्रम सर्कलका सचिव विवेक सुवेदीले सञ्चालन गरे ।