नेपाल प्रहरीले गर्यो बाल मण्डल माविमा सचेतनामुलक कार्यक्रम


सेवारो खबर  158 पटक हेरिएको


इलामः जिल्ला प्रहरी कार्यलयले इलाम नगरपालिका ४ को बाल मण्डल माध्यमिक विद्यालयमा सचेतनामुलका कार्यक्रम गरेको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयले बिद्यालयमा अध्यनरत कक्षा ८, ९ र १० का बिद्यार्धीलाई लागु औषध, साईवर अपराध, बालबालिका माथि हुनसक्ने सम्भाव्य हिंसाका विषयमा जानकारी गराइएको छ ।

समुदायमा हुँने अपराध, कानूनी व्यवस्था, हिंसाबाट बच्ने उपाय, सडक सुरक्षा र संकेतहरु लगायतको बिषय बस्तुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी गराए ।

प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार