नेकपा माओवादी केन्द्र इलामले उम्मेद्वार सिफारिस गर्यो


सेवारो खबर  130 पटक हेरिएको

इलामः नेकपा माओवादी केन्द्र इलामले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेद्वार टुुङ्गो लगाएको छ ।

पार्टीले प्रतिनीधि सभा क्षेत्र नं १ मा तेजबहादुर राई (बिजय), र विनोद नेम्वाङलाई सिफारिस गरेको बताइएको छ । त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा तेजबहादुर राई (बिजय), भोजबहादुर खतिवडा र गञ्ज बहादुर प्रधान १ (ख) मा छविलाल आचार्य (प्रवाश शर्मा) र भक्तबहादुर लुङगेलीलाई सिफारिस गरेको छ ।

समानुपातिक तर्फ संघीय निर्वाचन क्षेत्र नम्बर १ मा देवकुमार राई प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ (क) मा सावित्री देवी र १ (ख) मा (ख) मा सहिद परिवारकी धनमाया प्रधान र धनमाया राईलाई सिफारिस गरेको जनाइएको छ ।

क्षेत्रिय प्रमुख राम राईको अध्यक्षता र केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा बसेको बैठकले सम्पुणर् पालिकाको वडा, टोल र सेल समितिको भेला तथा बैठक आगामी असोज १० गते भित्र सम्पन्न गरी क्षेत्रिय समितिको कार्यालयमा पेश गर्ने निणर्य गरेको छ ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख) को उपप्रमुखमा निरज राईलाई जिम्मेवारी समेत तोक्ने निणर्य भएको छ ।

इलाम क्षेत्र नम्बर-२ मा पार्टीका नेन्द्रीय सदस्य धिरेन्द्र शर्मा(रमण) जिल्ला नेता प्रकाश परियार, विद्यार्थी नेता नयन राईलाई उम्मेदवार सिफारिस गरेको छ । समानुपातिक तर्फ टिका देवि घिमिरे र प्रेम नाछिरिङराइको नाम सिफारिस भएको छ ।

प्रदेश सभा निर्वाचनको लागि प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (क) को प्रत्यक्ष तर्फ विक्रम लिम्बु र धनकुमार राई र प्रवाश शर्माको नाम छानेको छ । समानुपातिक तर्फ उर्मिला तामाङ (चन्दा), सोममाया राइ(सिन्धु), कुमार बराइलि, बुद्वमाया सोङ्मी र विक्रमजित राई रहेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (ख) को प्रत्यक्ष तर्फ उम्मेदवारमा हर्क लावती (कान्छा), धिरेन्द्र शर्मा (रमण), सौरभ गुरुङ र विजय खम्बुको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फको उम्मेद्ववारमा दिपक सिन्चिउरी, शुभमाया राई र तिलप्रसाद आङथोपोको नाम सिफारिस गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार