इलामः रोङ गाउँपालिकामा भएको एक कार्यक्रमका सहभागीले मानव बेचबिखन तथा ओसापसार न्यूनिकरणमा समाज र सरोकारवाला सबै जिम्मेवार भएर काम गर्नुु पर्ने बताए ।
राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा गाउँपालिकाको सहयोग, मावन अधिकार मञ्च नेपाल इलाको समन्वयमा युवा सशक्तिकरण सञ्जाल रोङले आयोजना गरेको कार्यक्रमका बक्ताले मानव बेचबिखनको फेरिदो रूपलाई न्यूनिकरण गर्न सरोकारावाला सबैले समुदाय स्तरमा काम गर्न सुुझाए ।
शान्ती निकेतन नमुना माध्यमिक विद्यालय रोङ ३ कुटिडाँडामा भएको कार्यक्रममा आधुनिक युगमा मानवले मानवलाई बेच्नु जस्तो घृणित कार्यलाई मानव कलकं भएकोले यसको रोकथामका कार्यक्रम स्थानीय तहबाटै हुुनुपर्ने सहभागीले जोड दिए ।
गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले गरिवीको चपेटामा रहेको मुलुकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरणमा बढी चुनौती रहेको बताउँदै नागरिक समाज सरोकारवाला सबैले काम गर्नुुपर्ने बताए ।
‘न्युनिकरण गर्नको निम्ति बिधालय देखि नै चेतना जगाउँदै आम नागरिकसम्म पुर्याउँनु पर्छ उनले स्याङ्बोले भने अपराधको विरुद्ध आवज बुलन्द पार्दै अपराधको जालो तोडनको लागि सबै एक हुनुपर्छ ।’
दिवसका अवसरमा भएको कार्यक्रममा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धि ऐनमा कस्तो किसिम को सजाय र जरिवाना छ भन्ने बारेमा इलाका प्रहरी कार्यलय पशुपतिनगरका प्रहरी नायब निरीक्षक सुरज रायमाझीले जानकारी गराए ।
मानव बेचबिखनको हालको अवस्था र रोकथामको लागि गरिएको प्रयासको बारेमा माइती नेपाल पशुपतिनगरका सुपर भाइजर बिरेन्द्र गौतमले सहजिकरण गरे ।
कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनका लागि आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकण समूहहरूको क्षमता विकास र परिचालन मार्फत बिरूद्ध अभियान परियोजना संयोजक सन्तोस मगरले मानव बेचबिखन हुने घटनाबाट कसरी बच्ने बारे जानकारी गराएका थिए ।
युवा शसक्तिकरण सञ्जाल सचिब दिनेश निरौलाले स्वागत गरेको कार्यक्रम सञ्जालका अध्यक्ष डाइमण्ड तिम्सिनाको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रम उपाध्यक्ष राजेन्द्र खुलालले संचालन गरेका थिए ।