मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि मनाइयो


सेवारो खबर  140 पटक हेरिएको

इलाम: मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि विविध कार्यक्रम गर्दै मनाइएको छ । जिल्लामा खेलकुुद तथा सरसफाइको कार्यक्रम भएका छन् ।

प्रमुख जल्लिा अधकिारी माधनप्रसाद ढुुङ्गानाको नेतृत्वको, सुरक्षा प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखको उपस्थथिती इलाम चोक बजार, अस्पताल परिसरमा सरसफाई गरिएको बताइएको छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिकामा सरसफाइ र खेलकुद कार्यक्रम भएको छ ।

फाकफोकथुममा स्थानीय, जनप्रतिनीधि र कर्मचारीले सरसफाई गरी पालिका कार्यालय परिसरमा फूल रोपेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुका अनुसार गाउँपालिकाको सम्पूणर् टिम, फाकफोकथुम गाउँपालिका महिला सञ्जाल र आमचोक बजार व्यवस्थापन समिति सँगको सहकार्यमा सरसफाई कार्यक्रम भएको हो । यसै अवसरका ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

निजामती सेवा दिवस
नेपालमा हरेक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । विसं २०६२ साल वाट यस दिवसको सुरुवात भएको हो । वास्तवमा तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरूको भूमिका अतुलनीय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरूबाट व्यवहारले सुशासन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ ।

राज्यको इच्छा लाई साकार तुल्याउन अनि राज्यलाई नागरिकहरूको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइकन्न हामीले चुनेर पठाएका प्रतिनिधिहरू र तिनैको जनताप्रतिको अभिभारा वहन गर्ने निकाय हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मिलेर राज्यका लागी चाहिने नियम कानुनको निर्माण, त्यसको पालना अनि कानुन विपरीत गर्नेहरूलाई दण्ड सजायको व्यवस्था गर्ने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार