माई : ५६औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४३औं राष्ट्रिय शिक्षा दिवस माई नगरपालिकाले बिहिबार विविध कार्यक्रम गरी मनाएको छ ।
“साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण“ भन्ने नारा रहेको दिवसका अवसरमा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाशाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
नगरपालिकाले माध्यमिक तह स्तरीय छात्रछात्रा बीच समृद्ध समाज निर्माणका लागि शिक्षामा मेरो भूमिका विषयक बकृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ ।
प्रतियोगितामा लक्ष्मी आर्दश माध्यमिक विद्यालयका छात्र विनोद राई प्रथम, श्री नेपाल एकाडेमी सञ्जु नेपाल द्वितिय, न्यू लाइट अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा सुहाना दाहाल तृतिय र सुहासा दाहाल विरेन्द्र माविकी पबित्रा बुढाथोकी र कन्काई माविका छात्र सुुदिप राई सान्त्वना भएका थिए ।
विजेतालाई क्रमस तीन हजार, २५ सय र एक हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा नगरपालिकाका १४ माविका विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताको गरुवा बहुमुखी क्याम्पस प्रमुख भूपाल अधिकारी, प्रशासकीय अधिकृत लक्ष्मण भुर्तेल र महिला तथा बालबालिका शाखा प्रमुख वन्दना लुइँटेलले निणर्ायकको भूमिका निर्वाह गरेका थिए ।
दिवसकै अवसरमा उत्कृष्ट जीपिए ल्याउँने कक्षा ८ र १० का विद्यार्थीलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयका ४ र संस्थागत विद्यालयका ४ विद्यार्थीलाई सम्मान गरेको छ ।
सम्मानित सामुदायिक विद्यालय तर्फ हिमालय माध्यमिक विद्यालयकी कक्षा ८ की छात्रा मनिका खाती (३.६४), छात्र निश्चल न्यौपाने (३.५१), कन्काई मावि कक्षा १० का छात्र जनम धिताल (३.६०) र छात्रा हेमकुमारी गिरी (३.२५) पुरस्कृत भएको शिक्षा शाखा कर्मचारी केशव खानाले जानकारी दिए ,
संस्थागत तर्फ श्री नेपाल एकाडेमीका कक्षा ८ का छात्र समीप घिमिरे(३.७३), छात्रा अपेक्षा आचार्य (३.६९) र कक्षा १० का छात्र कौशल आचार्य (२.९५), न्यूूलाइट अंग्रेजी माविकी कक्षा १० की छात्रा प्रस्ना घिमिरे (३.२०) नगद पुरस्कार सहित सम्मानित भएका छन् ।
यस्तै अवकाश प्राप्त दुई शिक्षकलाई अभिनन्दन गरिएको छ । अभिनन्दित शिक्षकमा कृष्ण कार्की र उर्वशी पराजुली गौतम रहेका छन् । अवकास प्राप्त शिक्षक कार्की २०४८ भदौ ५ गते सेवा प्रवेश भई २०७६ पुुस ३ गते शिशु सेवा माविबाट र शिक्षक गौतमले २०४८ भदौ १ बाट शिक्षण पेशा शुरू गरी २०७९ असार १४ गते श्री कन्काई माविबाट अवकास प्राप्त गरेका स्थानीय युवा शसक्तिकरण सञ्जालका उपाध्यक्ष बुुद्धराज योङहाङले जानकारी गराए ।
कार्यक्रमा वडा अध्यक्षहरुको तर्फबाट १ नम्बर वडाका अध्यक्ष रामबहादुर राई र प्रधानाध्यापक हरुको तर्फबाट श्री कन्काई माध्यमिक विद्यालयका हरिप्रसाद पौडेले शुभकामना मन्तव्य राखेका थिए ।
नगरपालिकाका सामाजिक समिति संयोजक राजेन्द्र राई(अर्जुन) को अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख हिमा भण्डारी, वडा अध्यक्ष रामबहादुर राई, बुद्धि खनाल, खड्ग सुन्दर योङहाङ, उर्द बहादुर राई, देवकुमार तामाङ उपस्थिती रहेको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सीता लावतीले सञ्चालन गरेको कार्यक्रमको औचित्य प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी गरेका थिए ।