मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ


सेवारो खबर  81 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सडकमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँने ७ जना सवारी चालकलाई पक्राउ गरेको छ ।

मेची राजमार्गसँगै अन्य सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले सन्दकपुर गाउँपालिकाबाट ४ इलाम नगरपालिकामा २ र पाँचथर तुम्बेवा गाउँपालिकाका र फिदिम नगरपालिकाका एक एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सन्दकपुर गाँउपालिका ४ बस्ने बर्ष ३२ को राजन भन्ने राम लिम्बु, वडा नम्बर ५ बस्ने बर्ष २२ को रबिन लिम्बु, वर्ष ३४ को जितेन लिम्बु पक्राउ परेका छन् । यस्तै इलाम नगरपालिका ५ बस्ने बर्ष ३२ को चेवन कुमार बजगाई, वडा नम्बर ४ बस्ने बर्ष ४३ को सरोज कोईराला रहेका छन् ।

सवारी चेकजाँजकै क्रममा पाँचथर तुम्बेवा गाँउपालिका ५ बस्ने बर्ष ४२ गोपिचन्द्र कुरुङबाङ, फिदिम नगरपालिका ८ बस्ने बर्ष ३८ को बम ब.मुखिया पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयसँगै मातहत प्रहरीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चालकहरुले मादक पदार्थ सेवन गरी लावरर्वाही तरिकाले सवारी साधन चलाएको पाएकोले पक्राउ परेको प्रहरी निरिक्षक तेजबहादुर दाहालले जानकारी गराए ।

उनका अनुुसार जिल्ला प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनिकरण गर्न बिशेष अभियान शुरु गरेको छ ।

सार्वजनिक तथा निजि सवारी चालकहरुले सवारी चलाउदा मादक पदार्थ सवेन नगर्न र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन हुन जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार