जीतपुर माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी’ समूह गठन


सेवारो खबर  339 पटक हेरिएको

इलामः देउमाई नगरपालिका वडा नम्बर ९ को जीतपुर माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ ।

विद्यालयमा कार्यक्रम कार्यान्वयन समितिसँगै विद्यार्थीहरूको स्वयंमसेवी समूह गठन गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले संगम बरालको अध्यक्षतामा १५ सदस्यीय हामी स्वयंसेवी समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा सुरक्षा कट्टेल र अतित राई रहेका छन् । सचिवमा देवयानी न्यौपाने र कोषाध्यक्षमा निता आचार्य छानिएका छन् ।

समूहको सदस्यहरूमा रक्षा गिरी, प्रशंसा बराल, डोल्मा लिम्बू, जीना सिँजाली मगर, खेमकुमार शिवा, निलम लिम्बूू, अन्सना परियार, सौरव बराल र सुनम बान्तवा रहेका छन् ।

कार्यक्रम कार्यान्वय समिति
प्रधानाध्यापक गोविन्द बरालको संयोजकत्वमा कार्यक्रम कार्यान्वय समिति गठन भएको छ । कार्यान्वयन समितिका सदस्यमा जितपुर प्रहरी चौकी प्रमुख शर्मानन्द अधिकारी, महिला शिक्षक तथा जेण्डर फोकल पर्शन शान्तादेवी निरौला, जुनिय रेडक्रसका शलिना परियार, स्काउट नवराज बराल, स्वाथ्य शिक्षक सीता कट्टेल, अविभावक तुलसीराम कट्टेल र शिक्षक नायक नविन भट्टराई छानिएका छन् ।

के हो ? हामी स्वयंसेवी अभियान कार्यक्रम
‘हामी स्वयंसेवी’ अभियान किशोर अवस्थाका विद्यार्थी लक्षित १ नम्बर प्रदेश सरकारको कार्यक्रम हो । विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्नेछ ।

अभियान कार्यक्रममा माध्यमिक तहको ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराइने छ । यसमा प्रदेश १ को करिब २ हजार विद्यार्थी हामी स्वयंसेवी कार्यक्रममा आवद्ध हुने छन् । विद्याथीहरू स्वयंसेवी अभियानको विभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागी भई विद्यार्थी आफैले नैतिकवान नेतृत्व शैलीको विकास गर्नेछन् ।

अभियानका माध्यमबाट उनीहरूकै नेतृत्वदायी भूमिकामा रचनात्मक र सिर्जनशिल बनाउँने सीपको विकास गर्दै, आफूमै संभावना वा अवसरको खोजी, स्वःचेतना, स्वयंसेवी, व्यक्तिगत जीवनप्रति आशावादीे भई सफल बन्न प्रेरणा दिने, उनीहरूकै माध्यमबाट समाजमा हुँने गरेका सामाजिक अपराध, संगठित अपराध, राजनीतिक, विपद्, सडक दुर्घटना लगायतका गतिविधी न्यूनिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार