बालकन्या माध्यमिक विद्यालय सोयाकमा सचेतनामुलक कार्यक्रम सम्पन्न


सेवारो खबर  84 पटक हेरिएको

इलामः इलाम नगरपालिका ११ को बालकन्या माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नगरपालिका र समुदाय-प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा कार्यक्रम गरिएको हो ।

सचेतनामुलक कार्यक्रममा बिद्यालयको कक्षा ८,९ र १० का बिद्यार्धीहरुलाई लागु औषध, साईवर अपराध, बालबालिका माथि हुनसक्ने सम्भाव्य हिंसा तथा अपराधहरू र कानूनी व्यवस्था हिंसाबाट बच्ने उपायहरु, सडक सुरक्षा र संकेतहरु लगायतको बिषय बस्तुमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी गराए ।

कार्यक्रममा प्रधानाध्यापक अमिरमान तामाङको अध्यक्षता र नगरपालिकाका उप-प्रमुुख विष्णु दाहाल लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार