अमरकल्याण माध्यमिक विद्यालय नयाँबजारको ‘हामी स्वयंसेवी समूह’ को अध्यक्षमा प्रेसिका गुुरूङ


सेवारो खबर  96 पटक हेरिएको

माइजोगमाईः माइजोगमाई १ को अमर कल्याण माध्यमिकि विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन भएको छ ।

विद्यालयमा कार्यक्रम कार्यान्वयन समितिसँगै विद्यार्थीहरूको स्वयंमसेवी समूह गठन गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले प्रेसिका गुुरूङको अध्यक्षतामा १५ सदस्यीय हामी स्वयंसेवी समूह गठन भएको छ । समूहको उपाध्यक्षमा युुवराज काफ्ले र सपना खड्का रहेका छन् । सचिवमा एलिसा बस्नेत र कोषाध्यक्षमा रिया भट्टराई छानिएका छन् ।

समूहको सदस्यहरूमा सचिन कार्की, भावना निरौला, परिवेश आचार्य, वाङ्दी योल्मो, राधिका तामाङ, बिवेश श्रेष्ठ, अपेक्षा राई, अदिक्षा लाप्चा, सुबोध भण्डारी र सुर्य राई रहेका छन् ।

कार्यक्रम कार्यान्वय समितिमा भण्डारी
विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीको संयोजकत्वमा कार्यक्रम कार्यान्वय समिति गठन भएको छ ।

कार्यान्वयन समितिका सदस्यमा इलाका प्रहरी चौकी प्रमुख भूपेन थापा, महिला शिक्षक तथा जेण्डर फोकल पर्शन तेजकुमारी आचार्य, पुनम सेर्पा, सुजल चापागाई, स्वाथ्य शिक्षक एल्मित लाप्चा, अविभावक कल्पना रसाइली र शिक्षक नायक जितेन भट्टराई छानिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार