इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्यको निर्माण हुँने बताए ।
५८ औं वाल दिवसको अवसरमा सूूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै बालबालिकाको हकहित, अधिकार, संरक्षण र समग्र विकासको उपयुुक्त वातावरण निर्माण गर्नुुपर्नेमा जोड दिए ।
‘बलबालिकाको समग्र विकासमा हरेक परिवारले मैत्रीपूूणर् वातावरण बनाउँनुु पर्छ । नेता खनालले भने- हरेक परिवारले बालमैत्रीका विषयमा बुुझ्न आवश्यक छ । र हरेक अविभावकले यस्तो बालमैत्री सीप सिकेर परिवारसँगै समाज रूपान्तरण गर्नुुपर्छ ।’
पूर्व प्रधानमन्त्री खनालले बालमैत्री वातावरण निर्माण गर्न समाजलाई सांस्कृतिक रूपले उन्नत बनाउँन जरूरी छ, भन्दै समाजवादी सांस्कृतिकले बालमैत्री वातावरण निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले सबै क्षेत्रको अग्रगतिको विकासमा लाग्न आग्रह समेत गरे ।
उनले बालमैत्री नगरपालिका बन्नु भनेको स्थानीय तहको विकासमा अग्रगति हो, भन्दै बालबालिकाको विकासको समुन्नती र समृद्धिका निम्ति समाजको महत्वपूूणर् कदम भएको बताए ।
नेता खनालले वर्तमान समयमा बालबालिकाको सवाललाई ओझेलमा पार्न नहुँने बताउँदै बालबालिकाको संरक्षण र विकासको सवाललाई सम्बोधन गर्नसके मात्र समग्र भविष्यको विकास जग बस्नेमा विश्वास व्यक्त गरे ।
सूर्योदय नगरपालिका बालमैत्री नगरपालिका
सूर्योदय नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको छ । ५८ औँ बालदिवसको अवसरमा बुधबार नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले घोषणा पत्र वाचन गरेर बालमैत्री नगरपालिका घोषणा गर्नु भएको हो ।
नगरपालिकालाई बालश्रममुक्त निर्माण गरेर र सबै बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्याएकाले बालदिवसकै दिन बालमैत्री नगर घोषणा गरेको नगरपालिकाले जनाएको छ ।
बालमैत्री नगरपालिका घोषणा गर्न नगरपालिकाले स्वास्थ्यका १४ वटा, शिक्षाका १० वटा लगायत गरी ५१ वटा सूचक पुरा गरेकाले घोषणाको स्विकृत गरिएको बताइएको छ ।
बालमैत्री नगरपालिकाका रूपमा इलामको पहिलो, एक नम्बर प्रदेशको तेस्रो र नेपालको दशौँ भएको बताइएको छ । कार्यक्रममा पूर्व प्रधान मन्त्री सहित बिभिन्न स्थानिय तहका प्रमुखहरुको उपस्थिती रहेको छ ।
कार्यक्रमका अवसरमा सहभागी विभिन्न विद्यालयका विद्यार्थीले प्रतिभा प्रस्तुत गरेका थिए । नगरपालिकाले बालमैत्री घोषणा गर्न सहयोग पुर्याउँने राष्ट्र सेवक कर्मचारी, विभिन्न संघ संस्था, संचारकमी तथा संस्था र व्यक्तिलाई सम्मान गरेको छ ।