इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक रहेको बताएका छन् ।
सूर्योदय नगरपालिकामा बिभिन्न योजनाको शिलान्यासका क्रममा बिहिबार एकतिर गणतान्त्रिक शक्तिहरुको तालमेल हुन्छ भने अर्को तर्फ राजावादीहरुको तालमेल हुने उल्लेख गरे ।
नेता खनालले देशलाई निकास दिनका विगतमा बाम एकता गरेपनि केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई तहसनहस पारेको आरोप लगाउँदै, बाम एकतलाई समृद्धिको उकालो यात्रा सम्झिएका थियौ तर, त्यो यात्रा केपीजीले ओरोलो बाटोमा हिडाएको बताए ।
प्रतिनीधि तथा प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्ध बीच सहमती भैसकेकाले एक साता भित्रमा उम्मेदवारको टुंगो लाग्ने जानकारी गराउँदै, नेता खनालाले भने-‘७० प्रतिशत काम सम्पन्न भैसकेको छ, शिर्ष नेता बीच बैठक बसेर अन्तिम निष्कर्षमा पुर्याउन मात्र बाँकी छ । सिट बाँडफाँडको निणर्य भैसक्दा गठबन्धनको टुंगो लाग्छ ।’
नेता खनालले बन्द सूचीको काम सकीए पछि तालमेलको निणर्य गर्ने जानकारी समेत दिए । उनले बर्तमान सरकारले जनहितमा काम गरिरहेको बताउदै गठबन्धका देशभरका उम्मेद्धवारलाई बिजयी गराउन आग्रह समेत गर्नु गरे ।