‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन सहजिकरण गर्नेछ ।
आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले सञ्चालनको जिम्मेवारी पाएको हामी स्वयंसेवी अभियान कार्यक्रमको लक्षित उद्देश्य पुरा गर्न प्रदेशका प्रत्येक माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन हुँनेछ । कक्षा ९ देखि १२ पढ्ने (१३ देखि १९ वर्षका किशोर किशोरी) छात्रछात्राको सहभागीतामा समूह बन्नेछ ।
कार्यक्रमको सबै भन्दा महत्वपूणर् संयन्त्र नै ‘हामी स्वयंसेवी’ समूह हो । जसले अभियानको लक्षित उद्देश्य पुरा गर्ने प्रमुुख भूमिका निर्वाह गर्छ । यानिकी समूह बिना कार्यक्रमको परिकल्पना नै गर्न सकिदैन । जसमा स्थानीय महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रत्येक माध्यमिक विद्यालयको सहभागिता अनिवार्य ठानिएको छ ।
सीमित स्रोत र साधनमा परिचाल गरेको मन्त्रालयको कर्मचारी जिल्लाको प्रत्येक विद्यालयमा पुुग्न सम्भव छैन । समन्वयात्मक भूमिका निर्वाह गर्दै कार्यक्रम सफल बनाउँन सहजिकरणको भूमिका निर्वाह गर्नमै कार्यक्रमको अवधी सकिने देखिन्छ । त्यसैले विभिन्न माध्यमहरूको उपयोग गरेर विद्यालयमा हामी स्वयंसेवी समूह गठन भइरहेको छ ।
समूह गठन गर्दा आइपर्ने कठिन चुनौती सामना गर्नुको कुनै विकल्प छैन । विद्यालय परिवारले जिल्लाका कार्यक्रम संयोजकसँग गर्ने व्यवहार र जिज्ञासाले कार्यक्रमको दिगो व्यवस्थापन र संस्थागत विकासको खोजी गर्न सिकाएको छ । तर पनि समन्वयात्मक भूमिकालाई निरन्तरता दिदै कार्यक्रमलाई सफल र संस्थागत विकासको आधार बनाउनु कार्यक्रमको संयोजकमा भर पर्छ ।
विद्यालयको आशा र जिज्ञासा :
हामी स्वयंसेवी समूह गठन भइरहेको छ । प्रत्येक माध्यमिक विद्यालयमा पुुग्ने स्रोत र साधनको अभाव छ । जिल्ला संयोजक प्रत्येक विद्यालयमा पुुग्ने सम्भावना कम छ । उपलब्ध सञ्चार माध्यमलाई प्रयोग गरेर विद्यालयमा समूह गठन गर्न विद्यालयसँग अनुरोध नै सहज माध्यम बनेको छ । अनुरोध गर्न गरिने सञ्चार सम्पर्कमा सामना गर्नुु पर्ने आशा र जिज्ञासाको चाङ निक्कै छ ।
यो कुन गैर सरकारी संस्था (एनजीओ) को कार्यक्रम हो ? विद्यालयले समूह किन बनाउँनु पर्ने ? यसले के के गर्छ ? पैसा दिन्छ कि दिदैन ? कार्यक्रम गर्ने पैसा कसले दिन्छ ? कार्यक्रम गरेर पैसा दिने बेलामा हराउँछन् ? यसको कुनै काम छैन ? कहिले आउने कहिले जाने यो मौसमी कार्यक्रम गरेर विद्यार्थीको समयलाई बरबाद गर्नु हुँदैन ? विद्यार्थीको पढाई बिग्रिन्छ ? विद्यालयमा यस्तो समूह बनाउँने कति आउँछन् ? सबैको लागि कार्यक्रम गरेर कति बेला विद्यार्थीले पढ्छन् ? हामी विद्यार्थीको भविष्य बरबाद पार्दैैनौं । आफै आएर समूह गठन गर्नु । हामीलाई प्रयोग गरेर सरकारी कर्मचारीले कमाई खान्छन् । असंख्यौ यस्ता प्रश्नको सामना गरिरहेका छन् जिल्ला संयोजकले या कार्यक्रमका अभियन्ताले ।
कतिपय बनावटी उत्तर दिएर सहजिकरण गर्नुु प्राय दैनिकी नै बकेको छ । बुुझाउँने प्रयास गरेर प्रत्येक विद्यालयमा समूह गठन गर्ने र अभियानको उद्देश्यलाई नीति निर्मातासम्म पुुर्याउँने लक्ष्य छ ।
समूह बनेपनि कतिपय विद्यालयले भने भनि हाल्यो बनाई दिउँ न त भनेर कार्यान्वयनको झारो टार्ने काम मात्र गर्न खोजको आभास हुुन्छ । कर लागेर सरकारको कामलाई जबरजस्ती स्वीकार गरेको महशुस छ ।
अभियान विद्यालयले अपनत्व ग्रहण गर्न आवश्यक:
विद्यालय विद्यार्थीको दोस्रो घर हो । जहाँबाट सिकाईको औपचारिक यात्रा शुरू हुन्छ । पढाईसँगै जीवन उपयोगी व्यवहारिक सीप र क्षमताको विकास गर्छ भन्ने मान्यता छ ।
वर्तमानमा यो मान्यता विपरित विद्यालय उमेरका सिर्जशिल उमेरका किशोर किशोरी नैतिक चरित्रहिन, दुव्र्यसनिमा फसेको आभास हुन थालेको छ । एक अर्का बीचको मानवता हराउँन थालेको छ । छरछिमेकीलाई परेको समस्यामा एक अर्का बीचको सर सहयोग हराउन थालेको वर्तमान परिवेशको मानेमा एक नम्बर प्रदेशको यो अभियान कार्यक्रमको निक्कै महत्वपूणर् छ ।
अभियान कार्यक्रम निश्चित समय सीमाको हुन्छ । जसले समाजको आवाज बोल्छ र समग्रतामा सकारात्मक परिवर्तनको आपेक्षा राख्छ । त्यसैले दिगो र संस्थागत रूपमा भविष्यको असल नेतृत्वको विकास गर्न प्रत्येक विद्यालयले अभियानको अपनत्व ग्रहण गर्नुुपर्छ । विद्यालयमा हुँने औपचारिक वा अनौपचारिक अतिरिक्त क्रियाकलापमा अभियानको मर्म र भावनालाई सँगसँगै लानु आवश्यक छ । समूहलाई अवसरको माध्यम वा क्षेत्रको रूपमा विकास गर्न विद्यालयको कार्यान्वयन समितिले मूख्य भूमिका निर्वाह गर्नुपर्छ । समूहको उपलब्धी देखाउँने नैतिक उत्तरदायित्व विद्यालयको हो ।
अभियानको प्रमुख आधार विन्दुको रूपमा रहेको विद्यालयले आवश्यक स्रोत हुँदा कार्यक्रम सञ्चालन गर्ने नहुँदा नगर्ने भन्ने सोच मुक्त हुनुपर्छ । आफैमा अभावहरूका बीच स्रोत र साधनको खोजी गर्ने सीप र क्षमताको विकास गर्नु नै असल दायित्व र जिम्मेवारी हो विद्यालयको । यसैको खोजी गरी अवसरको सिर्जना गर्ने दौतरी साथीको विकास गर्नु हो ।
लागू औषध र दूर्व्यसन मुक्त समाज निर्माण गर्न आवश्यक जीवन जीउने कलाको विकास गर्नुपर्छ । समाजमा आइपर्ने बिपदको समयमा निर्वाह गर्नुपर्ने दायित्वका सवालमा विद्यालय उमेरमै जानकार भई समाजको समग्र विकास र परिवर्तनको सम्बाहक बन्न सकुन । थप कार्यक्रम, योजना र संस्थागत विकासका लागि स्थनीय सरकारसँग जोडिन आवश्यक असल उदाहरणीय काम गर्नुपर्छ ।
प्रत्येक माध्यमिक विद्यालये यो नैतिक जिम्मेवारीका साथ समूह परिचालन आवश्यक छ । अभियान विद्यालयले कार्यान्वयन गर्न सकेन भने आको थियो अभियान गयो भन्ने मात्र हुने खतरा छ ।
किशोर किशोरीको विद्यालय:
हामी स्वयंसेवी अभियान कार्यक्रम किशोर किशोरीको दौतरी साथी हो । किशोरावस्था परिवर्तनशिल र सिर्जनसिल उमेर समय हो । यति बेलै भविष्यको आधार विन्दु बनाउँने सयम हो । शैक्षिक, सामाजिक, राजैतिक, आर्थिक हिसाले सुुझबुुझ पूूणर् सिर्जनात्मक निणर्ायक विन्दुको आधार निर्माण गर्ने समय हो । बुुझेर तल उल्लेख गरिएको विषयमा प्राथमिकताका साथ कार्यान्वन भए अभियान सफल हुुन्छ ।
१.सिक्ने र सिकाउँने सोचको विकास गर्ने अपनत्व ग्रहण गर्नुुहोस ।
२.सिर्जनशिल उपलब्धीको सुुनिश्चितताको अवसर खोजी गर्ने ।
३.किशोरकिशोरीको सवाल प्रत्येक परिवार र अविभावकसम्म पुुग्ने कार्यक्रम सञ्चालन गर्ने ।
४.उपलब्ध स्रोत र साधनको उपयोग गरेर अभावलाई अवसरको रूपमा परिवर्तन गर्ने सीप हुनुपर्छ ।
५.सरोकारवालासँग जीवनन्तताका खोजीमा बहस तथा अन्तरक्रिया गर्ने गराउँने ।
६.सरकारको नीतिगत व्यवस्थापनसम्म किशोर किशोरीको सवालको उठान गर्ने ।
७.नेतृत्वमा पुस्ता हस्तान्तरण सीपको विकास गर्ने ।
८.सकारात्मक दौतरी संगत परिवर्तनको उत्प्रेरक बन्ने ।
९.आशावादी अरूको भर होइन भरोसा योग्य बनाउँदै, म आफै गर्छुु भन्ने बानीको विकास गर्ने ।
१०.समाजको नेतृत्व म अघि बढ्छुु भन्ने अठोटसँग व्यवहारिक रूपान्तरणमा जोड दिने ।
निष्कर्ष :
मानिस कर्मले महान् बन्छ । जीवन उपयोगी सीपको विकास गराउँन जरूरी छ । सामाजिक मूूल्य मान्यता, सामाजिक न्याय प्रति सचेत गराई जिम्मेवारीपूूणर् आचरणको विकास गराउँनुु छ । साहस, अनुशासन, धैर्य र लगनशीलता अपरिहार्य हुन । जस्तोसुकै प्रतिकूल परिस्थितिलाई पनि सहज रूपमा लिएर अघि बढ्दा लक्ष्य प्राप्त गर्न सकिन्छ । आफ्नो कर्ममा निरन्तर लागि पर्नु चरित्र निर्माणको आधार हो । निःस्वार्थ कर्ममा लागिरहने मानिस उदाहरणीय बन्छन् । उनीहरू प्रेरणाका स्रोत बन्न पुग्छन् । समाजलाई असल बाटातर्फ अघि बढाउन सहयोगी हुन्छन् । भन्ने मान्यतालाई आत्ममा राखी विद्यालयले विद्यार्थीको भविष्य मैले नै बनाई दिनुपर्छ । अभियान मेरै भावि सन्ततिको हो । मैले नै शुुरूवात गर्नुपर्छ । भन्ने सोचलाई ध्यानमा राखी काम गरेर प्रदेश सरकारको हामी स्वयंसेवी अभियानको पहिलो खुट्किलो निर्माण गर्न आवश्यक छ ।