बिर्तमोडः लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ ।
असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ बजे, असोज १६ गते बिर्तामोड पाथिभरा सिने प्लाजा १ बजे र भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे प्रदर्शन हुुनेछ । यस्तै असोज १७ माइधारमा ११ः३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई देव राई)ले बताएका छन् ।
लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को गत साल चैत्रमा नै छायांकन गुरिएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाईले चलचित्र सम्पादन लगायतको सम्पूणर् कार्य सकेर प्रदर्शनको तयारी पुरा भएको निर्देशक खम्बुले जानकारी गराए ।
पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।
चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्य लगानी रहेको छ भने सुकुमार मेचे नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र डिबि खुदाङ लगायतको पनि चलचित्रमा लगानी छ ।
सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।
बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।
करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम वडा दशैलाई लक्षित गरि बिबिन्न ठाउँमा पर्दशन हुने जनाइएको छ ।