६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन


सेवारो खबर  184 पटक हेरिएको

फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ ।

महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् ।
अखिल नेपाल किसान महासंघ प्रदेश कमिटी उपाध्यक्ष कमरेड तारा कुमार नेपालको अध्यक्षता भएको जिल्ला भेलाले महासंघ गठन गरेको हो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनाल ज्यूको प्रमुख अतिथी रहेको भेलामा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश न १ संस्कृति तथा पर्यटन मन्त्री माननीय खिनु लङ्वा लिम्बु, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला कमिटी इन्चार्ज कमरेड रामचन्द्र पराजुली, केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष साथै इलाम जिल्ला भुमि आयोग अध्यक्ष कमरेड भक्त केसी, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सचिवालय सदस्य लगायत विभिन्न भातृ सङ्गठनका प्रतिनिधिको भव्य उपस्थितिमा सूर्योदय नगरपालिका, फिक्कलमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार