माइजोगमाईः मानव अधिकार मञ्च नेपाल इलामले माईजोगमाई गाउँपालिकामा व्यवसाय शुुरू गर्ने ३१ ज्ना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री दिएको छ ।
मञ्चले स्थानीय क्षेत्रमा बेमौसमी तरकारी खेती व्यवसायमा लाग्ने १४ जना, मौरी पालन व्यवसाय शुुरू गर्ने ९ र बंगुर पालन व्यवसायमा लागेका ८ जनालाई व्यवसायिक सामग्री वितरण गरेको हो ।
तरकारी खेति गर्नेलाई टनेल, बीँउ बिजन, मौरी पालन व्यवसायमा लाग्नेलाई तीन थान मौरी सहितको घार र छ जनलाई मौरीको घार साथै मौरी पालनका लागि अन्य अवश्यक सामग्री दिइएको छ । बंगुुर पालन व्यवसाय शुुरू गर्नेलाई उन्नत जातका बंगुुरको पाठापाठी वितरण गरिएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए ।
आर्थिक रूपले विपन्न, बैदेशिक रोजगारीको समय समस्यामा परी फर्किएर घरमै स्वःव्यवासय गर्न चाहने, गाउँमै बसेर व्यवसाय गर्न चाहने युवा र बैदेशिक रोजगारीमा रहेका परिवारको गाउँपालिकाले छनौट गरेका सदस्यलाई ७ दिनको उद्यमशिलता तथा व्यवसायिक योजना निर्माणको तालिम पश्चात व्यवसायिक सीपको तालिम लिने व्यवसायिलाई सहयोग गरिएको परियोजनाले जनाएको छ ।
गाउँपालिकाले छनौट गरेको दुुई ३२ जना युवाले ७ दिनको उद्यामशिलता तथा व्यवसायिक योजना निर्माण्को तालिम लिएका थिए । तालिम लिने मध्य एक सय ७१ जनाले व्यसायिक सीपको तालिम लिएका बताइएको छ ।
परियोजनाको अब व्यवसायमा लाग्ने एक सय ३४ युवालाई व्यवसाय शुुरूवाती सहयोग गर्ने जनाइएको छ । उनिहरूलाई १८ लाख ७६ हजार बराबरको सामग्री वितरण हुँनेछ । सामग्री सहयोगमा गाउँपालिकाले समेत युवा उद्यमीलाई अनुदान उपलब्ध गराउँने बताइएको छ ।