‘सञ्चार माध्यमले नागरिकको विश्वास जित्नुपर्छ’


सेवारो खबर  204 पटक हेरिएको

इलामः सञ्चार माध्यमले नागरिकको विश्वास जितेर आशावादी बनाउँनुु पर्ने इलाममा भएको एक अन्तरक्रिया कार्यक्रमका बक्ताले बताएका छन् ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गिकरण सम्बन्धि अन्तरक्रियामा बोल्दै सञ्चारकर्मीले नागरिकको विश्वास जितेर सामाजिक एकता र विकासको आवाज उठाउँनु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सञ्चार माध्यमले नागरिकको विश्वास जित्नुपर्ने बताए । उनले नागरिकलाई सुुसुचित मात्रै होइन सचेत पनि गराउँने भूमिका पुरा गर्नुुपर्ने बताउँदै, नागरिकलाई आशावादी बनाउँनुु पर्नेमा जोड दिए ।

हरेक क्षेत्रमा नागरिकमा निराशावादी छाएको उल्लेख गर्दै, प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने–‘राज्यलाई बलियो बनाउन नागरिकलाई आशावादी बनाउँने सामग्री संप्रेषण गर्नुुपर्छ । सञ्चारकर्मीले आलोचनाको सीमा नाघ्नु हुँदैन ।’


तथ्यपूर्ण र सन्तुलिन समाचारको अपेक्षा सबैमा हुुँने बताउँदै, पोख्रेलले सञ्चारकर्मीले पत्रकार आचार संहिता पालना गर्दै, नागरिकलाई सकारात्मक सन्देश दिनुु पर्नेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोख्रेलले गुणस्तरीय सञ्चारको आवश्यकता भएको बताए । उनले सञ्चार माध्यममा देखा परेको संकटको व्यवस्थापन गर्न आवश्यक रहेको बताउँदै सामाजिक सञ्जाललाई सहि र सकारात्मक रूपमा सदुुपयोग गर्न आग्रह गरे ।

सदस्य पोख्रेलले युटुवको व्यवस्थापनमा समस्या भएको बताउँदै, सम्पूर्ण सञ्चार माध्यमको नियमन र अनुुगनका लागि राज्यले प्रभावकारी नीति बनाउँनु पर्नेमा जोड दिए ।

स्थनीय सञ्चार माध्यमलाई स्थानीय तहबाटै विज्ञापन प्राप्त गर्ने नीतिको आवश्यक रहेको उल्लेख गर्दै, अनलाइन सञ्चार माध्यमलाई समेत वर्गिकरण गर्ने नीतिको व्यवस्थपनमा लागेको जानकारी गराए ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य ठाकुर बेलवासेले प्रेस काउन्सिलको काम कर्तव्य र अधिकार क्षेत्रको बारेमा जानकारी गराउँदै, सञ्चारकर्मीले अक्षर शक्तिको सदुपयोग गर्नुु पर्नेमा जोड दिए ।

राज्यले मिडिया व्यवस्थापन गर्नुुपर्नेमा जोड दिदै, सदस्य बेलवासेले अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्न आचारसंहिता पालना गर्न आग्रह गरे ।
प्रेस काउन्सिल नेपालका रमदुलिया मियाले पत्रपत्रिका वर्गिकरणको बारेमा जानकारी दिएको अन्तरक्रिया कार्यक्रममा काउन्सिल सम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लभ भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक द्रोणकुमार विष्ट, प्रहरी नायव उपरिक्षक जितेन्द्रकुमार बस्नेत, इलाम नगरपालिका वडा नुम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, स्थानीय पत्रिका तथा अनलाइन सञ्चालक, सम्पादक, विभिन्न सञ्चार माध्यमसँग सम्बन्धित सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार