जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमै राहधानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भराउँने

‘सेवाग्राही बिचौलियाको मारमा नपर्ने’


सेवारो खबर  111 पटक हेरिएको

इलामः जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमै राहधानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भरिदिने भएको छ ।
सेवाग्राहीको अनलाइन फाराम विवरण कार्यालयमै संकलन गर्ने काम एकै दिनमा सक्ने गरी व्यवस्थ मिलाउन लागेको प्रमुुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रलेले जानकारी गराए ।

कार्यालय बिचौलिय रहित डे टु डे सर्भिस डेलिभरी मोडेल (दैनिक सेवा वितरण मोडेल) का लागि आवश्यक जनशक्ति, साधन, स्रोत र अभ्यासको तयारीमा लागेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयको यो काममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले सहकार्यका लागि प्रतिवद्धता जाहेर गरेको जिल्ला प्रशासन कार्यालयको फेसबुकमा उल्लेख छ ।

एकै दिनमा सकिने गरी पहिलो चरणमा आउँदो माघ २५ देखि परीक्षणको रूपमा चार गाउँपालिकाको सेवाग्राहीले सुविधा उपभोग गर्न पाउँने छन् । यसमा जिल्लाको चुलाचुली, फाकफोकथुुम, माङ्सेबुुङ र सन्दुकपुर गाउँपालिकाको सेवाग्राही छन् ।

फागुन महिनादेखि सबै स्थानीय तहका सेवाग्राहीलाई सेवा दिन आवश्यक कार्यालय व्यवस्थापन गरिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतले जानकारी गराए ।

‘सेवाग्राही बिचौलियाको मारमा नपर्ने’

जिल्ला प्रशासन कार्यालयको डे टु डे सर्भिस डेलिभरी मोडेल कार्यान्वयन भएपछि सेवाग्राही विचौलियाको मारमा नपर्ने बताइएको छ ।

सेवाग्राहीले निशुल्क राहधानीको अनलाइन फाराम भरेर घर फर्किने भ्याउँने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराए ।

‘सेवााग्राहिले राहादानीको राजश्व शुल्क बाहेक कुनै पनि रकम बुझाउँनु पर्ने छैन । प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने -फाराम भर्दा बिर्चालियालाई शुल्क बुुझाउँनु पर्दैन ।’

भरखरै इलाममा आउनु भएका प्रजिअ पोखरेलले राहादानी फाराम भर्दा बिचौलियाले पाँचसय देखि पाँचहजार रुपैंयाँसम्म लिएर फाराम भर्ने गरेको जानकारी गराउँदै कार्यालयको प्रगतिमा बाहिरको मानिसको भूमिका बढि देखिएको पनि उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार