इलामको बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँने


सेवारो खबर  137 पटक हेरिएको

इलामः इलाम नगरपालिका ५ बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बरबोटे बहुुउद्देश्यीय कर्बडहलमा हुने प्रतियोगिता आउँदो फागुन १८ गतदेखि २० गतेसम्म हुँने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल र जिल्ला स्तरीय बि डिभिजन प्रतियोगिता गर्ने तयारी रहेको बरबोटे ब्याडमिन्टन क्लबका सचिव राजन दहालले जानकारी दिए ।

प्रतियोगितामा मेन्स तथा भेट्रान्स डबलमा सहभागी दुुबै जना एउटै जिल्लाको हुनुु पर्नेछ ।

मेन्स डबल प्रतियोगिताको प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो सात हजार पाँच सय / सातहजार पाँच सय पुरस्कार रहेको छ । तेस्रो पुरस्कार दुई वटा टिमले पाउनेछन् ।

भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिताको प्रथम २५ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार पाँच/ पाँच हजार रुपैया रहेको छ ।
प्रतियोगितामा सहभागिले मेन्स डबल र भेट्रान्स डबलका लागि प्रवेश शुल्क दुुई हजार र जिल्ला स्तरीय बि डिभिजन खेलमा सहभागी हुँनु एक हजार प्रवेश शुल्क बुुझाउँनु पर्ने बताइएको छ ।

प्रतियोगितामा भाग लिने टिमले फागुन १७ गते दिउसो १ बजे सम्ममा दर्ता गराइसक्नु पर्ने छ । पुरुष खुल्ला डबल दुवै खेलाडी एउटै जिल्लाको हुनुपर्ने भेट्रानको हकमा आफ्नो उमेर खुल्ने परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

खेलका लागि पाँच लाख ५३ हजार बढि खर्च हुनेछ । यो खर्च खेलाडिको आवास र भत्ता बाहेकको बताइएको छ । खेलमा सहभागीलाई आवास तथा भत्ताको व्यवस्था गर्ने हो भने आठ लाख बढि खर्च हुने आयोजकले जनाएको छ ।

भर्खरै दर्ता भएर प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको क्लबले आर्थिक अभावका बाबजुद खेलको आयोजना गरेको क्लबका अध्यक्ष गृष्म सुब्बाले बताए । एक वर्ष अघि कवर्डहल निर्माण सम्पन्न भएर प्रतियोगिता बिनै हल रहिरहेको भन्दै खेलको आयोजना गरेको अध्यक्ष सुब्बाले बताए ।

खेल सम्पन्न गराउन आवश्यक खर्च व्यवस्थापन गर्न जिल्लाका अन्य खेल सरोकारवाला संघ संस्थासँग आयोजकले छलफल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार