इलामः रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्बेवारी ममा’ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरेको हो ।
मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ममा’ लेखिएको स्टिकर टाँसी सवारी चालकलाई प्रेम दिवसको उपलक्ष्यमा प्रेमको प्रतिक गुलाफ फुल समेत प्रदान गरिएको स्थानीय सञ्चारकर्मी गगन घिमिरेले जानकारी गराए ।
कार्यक्रममा सहभागी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले विद्यार्थीले गरेको काम को प्रशंसा गर्नु गर्दै विद्यार्थीले गरेको सामाजिक कामको प्रशंसा गरिन् । उनले विद्यार्थीहरूको प्रशंसा योग्य कामलाई गाउँपालिकाले सदैब सहकार्य र सहयोग गर्ने जानकारी दिइन् ।
पर्यटन सुचना केन्द्र जोरकलश ट्राफिक प्रहरी पोष्ट जोरकलस अंकुरण फाउन्डेसन रोङको सहकार्यमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष खवासले ट्राफिक नियम सबैले मान्नुु पर्नेमाज जोड दिदै, सबैलाई सचेत गराउन प्रहरीलाई अनिरोध समेत गरिन् ।
कार्यक्रममा किटेनी प्रहरी चौकी इन्चार्ज सही भानु मगरले समेत आफ्नो धारणा राखे । रोङ विद्यार्थी एकता समितिका अध्यक्ष बिमल कट्टेलको अध्यक्षता भएको कार्यक्रममा समितिका बिबेक कार्कीले स्वागत गरे । कार्यक्रम समिति सचिब गृष्मा सापकोटाले संचालन गरेका थिए ।