नेपाल कम्युनिष्ट पार्टी इलामद्धारा संघर्षका कार्यक्रम सार्वजनिक


सेवारो खबर  95 पटक हेरिएको

इलामः नेपाल कम्युनिष्ट पार्टी इलामको पाँचौं पूर्ण बैठकले गरेको विभिन्न निर्णय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै छ बुुँदामा सघर्षको कार्यक्रम सार्ववनिक गरेको हो ।

सम्मेलनमा सर्वसाधारण नागरिकको दैनिक जीवनयापनमा समस्यामा पर्ने विभिन्न संघ संस्था, कम्पनी, सरकारी कार्यालय विरुद्धमा संगठित गर्दै दलित महिला हिंसा, दमन, स्थानीय पालिकाको भ्रष्टाचार, लागु औषध कारोबारी तथा दुव्यसनी पहिचान गरी सचेतना कार्यक्रमसँगै सीमा क्षेत्रमा भारतीय पक्षले गरेको हस्तक्षेप र अतिक्रमण विरुद्धको कार्यक्रम गर्ने जनाइएको छ ।

पार्टीका इलाम इन्चार्ज नवराज सीले हस्ताक्षर गरेको विज्ञप्तीमा लघुबित्त संस्था बैक, मिटरव्याजी विरुद्ध पीडितलाई संंगठित संशक्त प्रतिकार गर्ने । जिल्लाको मालपोत कार्यालय, यातायात कार्यालय, सडक डिभिजन कार्यालय, वन कार्यालयमा भइरहेको व्यापक अनियमितता काम प्रतिको लापरबाही खुुलेआम बिचौलिया दलालहरु मार्फत हुने भष्टाचार, कमिसन विरुद्ध जन परिचानल सहित कारबाही गर्ने उल्लेख छ ।

हाइड्रो पावर कम्पनी लिमिटेडहरुले स्थानीय जनतासँग गरेको सहमती र उनिहरूले प्राकृतिक सम्पति प्रयोग गरे बापत स्थानीय जनतालाई गर्नुु पर्ने न्यूनतम काम नगरी प्राकृतिक सम्पदाको व्यापक दोहन गरेको हुुँदा त्यसको विरूद्ध स्थानीय जनतालाई साथमा लिई सशक्त संर्घष गर्ने ।

दलित महिला माथि भइरहेको हिंसा, दमन विरूद्ध संर्घष गर्ने । सीमा क्षेत्रमा भारतीय पक्षले गरेको हस्तक्षेप र अतिक्रमण विरूद्ध संर्घष गर्ने बताइएको छ ।

यस्तै, स्थानीय पालिकामा भइरहेको भ्रष्टाचार कमिसन अपारदर्शीता विरूद्ध संर्घष गर्ने । लागु औषध कारोबारी तथा दूव्र्यसनीको पहिचान गरी सचेतना जागरण सहित कारबाही गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा जिल्ला सेक्रेटरी नवराज सीको अध्यक्षतमा बसेको बैठकमा पार्टीका मेची व्यूरो इन्चार्ज सुमनसिंह सी प्रमुख अतिथि, केन्द्रीय सल्लाहकार सदस्य होम सी, पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मौसम सीको उपस्थीति रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला सेक्रेटरी नवराज सीले पुँजिवादी संसदीय सत्ता सबैले बुुझ्ने सक्ने गरी असफल साबित भएकोले नागरिकलाई भयानक संकट, अत्याचार, शोषण, दमन र विभेदमा लागेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार