मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले उचाल्यो पबित्रहाङमा कप २०७९ को उपाधि


सेवारो खबर  66 पटक हेरिएको

इलामः माङ्सेबुुङमा जारी पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले चुमेको छ ।

मानेभञ्ज्याङ फुटबल क्लबले बुधबार भएको खेलमा ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै उपाधी चुमेको हो ।

महिला फुटबल प्रतियोगिताको रूपमा पहिचान कमाएको पबित्रहाङमा कपको खेलको पहिलो हापमा दार्जिलिङकि सोनिया मोराकले गोल गर्दै अग्रता कायम गरिन । यो अग्रता मोरङकी पुणर्िामा राई गोल गर्दै टिमलाई बराबर ल्याउन सफल भइन ।

निर्धारित समयसम्ममा बराबरीको अवस्थामै रोकिएपछि खेल ट्राइबेकरमा पुग्यो । ट्राइबेकरमा दार्जिलिङले ५ गोल र मोरङले ४ गोल गर्न सफल भयो ।

नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले हराउदै फाइनल यात्र तय गरेको थियो । एमएफसी दार्जिलिङ भारतले घरेलु टिम जिल्ला खेलकुद संघ धनकुटालाई ४-१ गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो ।

खेलको विजेता दार्जिलिङले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेता मोरङले एक लाख एक सय उनान्सत्तरी प्राप्त गरेको छ ।

किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ ।

प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ । खेल आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार