इलामः महेन्द्र रत्न बहुुमुुखी क्याम्पस इलाममा उद्वघोषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियुु क्रान्तिकारीले आयोजना गरेको दिने उद्घोषण तालिम सम्पन्न भएको हो ।
२८ औँ जनयुद्ध दिवसको अवसरमा भएको उद्घोषण तालिममा क्याम्पसमा अध्ययनरत ४५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
क्याम्पस कमिटी अध्यक्ष राजेन्द्र लोहारको अध्यक्षतामा भएको तालिम समापन समारोहमा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य विपिन पोखरेल, क्याम्पस प्रमुख खगेन्द्र चापागाई, प्रेश सेन्टर नेपालको इलाम अध्यक्ष वुद्धमाया सोङ्मी, साहायक क्याम्पस प्रमुख पोष्टराज लामिछाने, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नयन बान्तवाले कार्यक्रमको बारमा बोलको थिए ।
तालिमको सहजिकरण रेडियोकर्मी, राजकुमार दाहाल, टेलिभिजन पत्रकार सुजन तिमसिना र रेडियोकर्मी बुद्धमाया सोङ्मीले गरिन् । कार्यक्रमको अखिल क्रान्तिकारी क्याम्पस समिति सचिव मनोरथ बास्कोटाले गरेका थिए ।