प्रदेश स्वास्थ्य मन्त्री लिम्बुुद्वारा, इलाम अस्पताल अनुुगमन

‍"प्रदेशको नाम पहिचानको आधारमा हुँनुपर्छ"


सेवारो खबर  255 पटक हेरिएको

इलामः १ नम्बर प्रदेश स्वाथ्य मन्त्री तथा जनता समाजवादी पार्टी नेपालकी राजनीतिक समिति सदस्य निर्मला तावा लिम्बुुले प्रदेशको नाम पहिचानको आधारमा हुँनु पर्ने बताइन् ।

इलाममा बिहिबार पार्टी कार्यकर्ता भेटघाट गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्न बिषेश भूमिका निर्वाह गर्नै बताउँदै अन्य दलहरूसँग पनि यस विषयमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


यस अघि इलाम अस्पताल अनुुगमन गर्दै आधारभूत स्वाथ्य सेवालाई सर्वसाधारणसम्म पुुर्‍याउँन कञ्जुुस्याँई गर्न नहुने बताइन् ।
मन्त्री लिम्बुुले बिहिबार इलाम अस्पताल अनुुगमन गर्दै आधारभूत स्वाथ्य सेवा सर्व साधारण नागरिकको पहुुँच योग्यो बनाउँनुु पर्नेमा जोड दिदै, सेवाको काममा कुनै कञ्जुस्याँई नगर्न समेत निर्देशन दिइन् ।

‘सरकारी तथा सामुदायिक अस्पतालमा स्वास्थ्यको माप दण्डबाट उठ्नुु पर्छ मन्त्री लिम्बुले भनिन -अस्पतालबाट प्राप्त हुने निशुल्क औषधी सवै नागरिकमा पुुर्‍याउँन कुनै विलम्ब गर्न हुँदैन । सरसफाइको हिसाबले इलाम अस्ताल राम्रो छ । अस्पताललाई यो अवस्थामा राख्न सफल हुनु भएकोमा धन्यावाद छ ।’


अनुुगमनकै क्रममा इलाम नगरपालिकाले अस्पताललाई तीन सय बेटको बनाउँनु पेश गरेको प्रस्ताव पत्र स्वागत योग्य भएको बताउँदै यसका लागि आवश्यक कदम चाल्ने जानकारी गराइन् ।


अस्तापल अनुुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रभू शाहले अस्पतालको बारेमा जानकारी गराए । अनुुगमनका क्रममा स्वास्थ्य मन्त्रालयका मुुख्य सचिव डाक्टर अनुज भट्टचनको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार