इलामः माईजोगमाई गाउँपालिकाले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनोट खेल सम्पन्न गरेको छ ।
छनोट खेलमा १३ स्वणर् ६ रजत र ५ कास्य पदक सहित २४ पदक जितेर अमर कल्याण माध्यमिक विद्यालय नयाँबजार पहिलो भएको छ
६ स्वणर् २ रजत र १ कास्य पदक सहिज जम्मा ९ पदक जितेर शिरिसे मावी दोस्रो र ४ स्वणर् ७ रजत र ५ कास्य पदक सहित जम्मा १६ पदक जितेर नामसालिङ्ग माध्यमिक विद्यालय शुक्रबारे तृतीय भएको अमर कल्याण माध्यमिक विद्यालयका शिक्षक घनश्याम पौडेलले जानकारी दिए ।
खेलमा ट्राक, फिल्ड भलिबल लगायत जम्मा २८ खेलहरु समावेश गरिएको थियो । छनोट खेलमा माईजोगमाई भरिका ८ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
गाउँपालिकाको नयाँबजार स्थित अमर कल्याण माध्यमिक विद्यालयको खेल मैदानमा २०७९ फागुन २ देखि ४ गते सम्म राष्ट्रपति रनिङ सिल्डको छनोट खेलहरु संचालन भएको हो ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पहिलो पटक गरिएको बताइएको छ ।
अमर कल्याण माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष यामकुमार कार्की अध्यक्षतामा भएको कायृक्रममा प्रमुख अतिथि माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले विजेतालाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
अर्को वर्षमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नामसालिङ माध्यमिक विद्यालयले गर्ने गरी खेलको झण्डा नामसालिङ माविलाई अमर कल्याण माविले हस्तान्तरण गरेको छ ।