लुङ्गेलीको अध्यक्षतामा माई नगर बुद्धिचाल संघ गठन


सेवारो खबर  215 पटक हेरिएको

इलामः भक्तबहादुर लुङेलीको अध्यक्षतामा माई नगरपालिका बुद्धिचाल संघ गठन भएको छ ।

जिल्ला तदर्थ समिति संयोजक प्रकाश परियारको अध्यक्षता भएको कार्यक्रममा भक्त लुङेली,बिनोद नेम्बाङ,राजु लोक्ताम ,मोहन कुमार नेम्बाङ,अजय श्रेष्ठ, केशब दाहाल,दुर्गाराज शंकर ,रजत श्रेष्ठ लगायत अन्य खेलप्रीमिहरुको समेत उपस्थिति रहेको थियो ।

संघको उपाध्यक्ष मोहनकुमार नेम्बाङ, सचिव अजय श्रेष्ठ कोषाध्यक्ष  दुर्गाराज शंकर रहेका छन् । यस्तै सदस्यहरूमा डिल्लिराम मगर, सीता फागो र राजु लोक्ताम रहेका छन् । संघको जिल्ला प्रतिनीधिमा भक्तबहादुर लुुङ्गेली र दुर्गाराज शंकर रहेको बुद्धिचाल संघका विक्रम लिम्बुुले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार