
इलामः जिल्ला बुद्धिचाल संघ सातौं अधिवेसन प्रकाश परियारको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सकिएको छ ।
आइतबार इलाममा सम्पन्न अधिवेसनले उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा बिक्रम लिम्बू र कोषाध्यक्षमा श्याम सेम्बो चयन गरेको छ । यस्तै मनिसा योङहाङ, खेमराज लिम्बू, बिपीन पोख्रेल, खडग सुब्बालाई सदस्य छानेको छ ।
एकजना सदस्य भने जिल्ला खेलकुद बिकास समितिले मनोनित गर्ने बताइएको छ ।
अधिबेशनबाट प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनीधिमा याम लिम्बू, देवी पौडयाल र मुना लकान्द्रि छानिएका छन् । केन्द्रिय प्रतिनिधिमा संघका अध्यक्ष परियारलाई नै चयन गरेको छ ।
नयाँ कार्य समितिलाई संघका केन्द्रिय सदस्य दिपेन राईले सपथ गराएका छन् ।
संघको अधिबेशन उद्घघाटनका समारोहमा बुद्धिचाल संघका संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ । संघले संस्थापक अध्यक्ष श्याम शाह, डम्बरसिंह गदाल, दिपेन राई र यामप्रसाद लिम्बूलाई सम्मान गरेको हो ।
उद्धघाटन समारोमहमा इलाम नगरपालिकाका प्रमुख केदार थापाले बुद्धिचाल खेलले बिकास र प्रबद्र्धनमा मद्धत सहयोग गर्ने बताउँदै, खेलको बिकास र खेलकुदको क्षेत्रलाई अघि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संघका प्रदेश नम्बर १ का सचिब सुरेन्द्र राईले बुद्धिचाल खेल समाज रूपान्तरण गराउन सक्ने खेल भएकाले यो खेलको बिकासका निम्ति बाल बच्चालाई पनि यस खेलप्रति आकर्षित गराउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।
सचिव राइले मोबाईलमा लत बसिसेका बालबालिकालाई त्यसबाट छुटकारा दिलाई बुद्धिचाल खेलप्रति आकर्षित गराउन सक्यो भने बिश्वमै उत्कृष्ट खेलको रूपमा बिकास भएको यस खेलले समाज रुपान्तरण संगै देशको बिकासमा मद्धत पुरयाउन सक्ने बिचार राखे ।

280 पटक हेरिएको 









