इलामः प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गैर सरकारी संस्था महासंघ र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तक्रियामा बोल्दै प्रजातन्त्रले दिएको उपलब्धीलाई नागरिकसम्म पुुर्याउँनु पर्नेमा जोड दिए ।
७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय सांसद महेश बस्नेतले प्रजातन्त्रबाट प्राप्त उपलब्धीलाई समाजसँग तुलना गर्दै प्रत्येक नागरिकसम्म पुुर्याउँनुु पर्ने बताए । उनले प्रजातन्त्र प्राप्त भएपनि समाजको सामाजिक र आर्थिक क्षेत्रमा भने अनुुसार उपलब्धी नभएको औल्याउँदै, उपलब्धीलाई अवसरमा बदल्न निरन्तर सकारात्मक संघर्ष आवश्यक रहेको तर्क गरे ।
‘परिवर्तनलाई सबैले संस्थागत गर्न लाग्नुपर्छ । यसलाई परिमार्जनको समेत जरूरी छ । सांसद बस्नेतले भने-उपलब्धीलाई सकारात्मक सोचका साथ आत्मसाथ गरौं । आफ्नो लागि मात्र होइन समाजका लागि पनि सोचौं । देखिएका समस्यालाई प्राप्त उपलब्धीको रक्षा गर्दै समाजको गतिशिलतासँगै परिमार्जन गर्दै समाधान गरौं ।’
कार्यत्रमका प्रमुुख अतिथी रहेका सासंद बस्नेतले समाजमा अझै सामन्तवादको अवशेष बाँकी रहेकोले प्राप्त उपलब्धीलाई नागरिकको पक्षमा संस्थागत गर्न नसकिएको बताउँदै समाजवाद तर्फको यात्राले संविधानसम्मत उद्देश्यलाई पुुरा गर्न सके मात्र सार्थक लोकतन्त्र संस्थागत हुुँनेमा जोड दिए ।
अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले प्रजातान्त्रिक उपलब्धी रक्षा गर्दै देशका राजनीतिक दलले नागरिकको सवालमा ठोस काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक दलले जनताको स्पष्ट जनमत नपाएकाले समस्या भएको औल्याउँदै, मुुलुकमा अझै पनि पञ्चायत कालिन कानुुनले कार्य सम्पादन गर्नु परेकोमा दुख व्यक्त गरे ।
प्रमुख राईले सरकार सञ्चालनमा अहिले पनि बाँझिएका कानुन भएकाले यस्तो समस्या चाँडै सुल्झाउँनु पर्ने बताउँदै, कानुन सम्मत व्यवहारिक रूपान्तरण भएमात्र प्रजातन्त्रले दिएको प्राप्त उपलब्धी नागरिसम्म पुुग्नेमा विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीलाई कसरी सर्वसाधारणसम्म पुर्याउँन सकिन्त भन्ने विषय बहसको विषय भएको बताए । उनले प्रजातन्त्रको उपलब्धीलाई खरिद बिक्री हुुँने वस्तुु बनाएकोले नागरिकको सेवा सुविधा टाढा हुँदै गएको र जनताका लागि हुँन नसकेको औल्याए ।
जनताले अपनत्व बोध गराउँने प्रजातन्त्र हुुँनुपर्छ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने-‘प्रजातान्त्रिक उपलब्धीलाई परिमार्जन गर्नुपर्छ । सामाजिक सुुरक्षा र न्यायमा सार्थक पहुँच निमाणर् हुुँनुपर्छ ।’
नेपाली कांग्रेस इलामका सह-सचिव देबेन्द्र पौडेलले कसैले अधिकार खोज्दा कसैको अधिकार खोसिएको होइन भन्ने मानसिकताका साथ काम गर्न सके प्रजातान्त्रिक उपलब्धीको रक्षा र विकासमा सहयोग पुुग्ने बताए ।
नागरिकका अधिकारका सवाल अझै पूणर् हुँन नसकेको बताउँदै सह-सचिव पौडेलले सबै समस्याको समाधान राजनीतिक रूपमा हुुँनुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा आफ्नो विचार राख्दै बरिष्ठ अधिबक्ता जसबहादुर लुुङ्गेलीले प्रजातन्त्रले दिएको उपलब्धी तल्लो वर्गका नागरिकसम्म पुुग्नुपर्नेमा जोड दिए । उनले नागरिकको आर्थिक जीवनलाई छुन नसकेले सारमा परिवर्तन हुन नसकेको औल्याए ।
‘अहिले पनि सक्तामा सामन्त नै छन् । अधिवक्ता लुुङ्गेलीले भने-फाइदा दिने सक्ताधारी नै हुन नागरिकले होइन । आर्थिक संरचनामा के प्ररिवर्तन भयो । जनताको झुप्रेमा के परिवर्तन आयो । भएको परिवर्तन कस्मेटिक मात्रै हो ।’
अधिवक्ता लुुङ्गेलीले भने – ‘नागरिकमा आर्थिक निर्भरता नभएसम्म प्रजातन्त्र र मानव अधिकार आउँन सक्दैन । कमजोरी के हो अब के गर्नुपर्छ भन्ने विषयमा जानकार भएर काम गर्नुपर्छ ।’
अधिवक्ता लुुङ्गेलीले सक्ताधारीकै कारण सार्थक परिवर्तन हुँन नसकेको औल्याउँदै, परिवर्तनसँगै सुधारका लागि विज्ञको सुुझाव सल्लाह अनुसार शासन चलाउँनुपर्नेमा जोड दिए ।
अन्तरक्रिाय कार्यक्रममा प्रजातन्त्र र मानव अधिकारका सवालमा महिलाको विषयमा कानुुन व्यवसायी विद्धया सापकोटा, दलित समुदायको विषयमा दलित अधिकारकर्मी मनकुमार बराइली र आदिवासी जनजातिका सवालमा आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष दिपक गुुरूले बोलेका थिए । यस्तै एकल महिलाको विषयमा मानव अधिकारको निमित महिला एकल महिलाका प्रदेश उपाध्यक्ष दिपा आचार्यले चर्चा गरिन ।
गैर सरकारी संस्था महसंघका अध्यक्ष कमल नेपालको अध्यक्षतमा भएको कार्यक्रममा मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले स्वागत गरेका थिए ।