‘सरकार लिम्बुुहरूलाई लास गाड्ने जमिन दिनुुहोस’-येक्तेन


सेवारो खबर  709 पटक हेरिएको

चितवनः किरात याक्थङ चुम्लङका संघीय अध्यक्ष प्रेम येक्तेनले स्थानीय सरकारसँग लिम्बुुहरूलाई समाधिस्थल दिन माग गरेका छन् । उनले किरात याक्थङ चुम्लङको २४ औं राष्ट्रिय चुम्लुुङमा बोल्दै चितवानका लिम्बुहरू समाधिस्थ हुँदा लास गाड्ने जमिन उपलब्ध गराउँनु स्थानीय सरकारसँग माग गरेका हुन ।

‘नदिको किनारामा जलेर लिम्बुुहरू समाधिस्थ हुुँदैनन् । धुवाँ बन्दै हावामा उढेर लिम्बुुहरू समाधिस्थ हुँने मुन्धुम र सास्ंकृतिक पहिचान छैन, संघीय चुम्लुुङ अध्यक्ष येक्तेनले भने लिम्बुुहरू जहाँ छन् त्यहाँ उनिहरूले सांस्कृतिक परम्परा अनुसार समाधिस्थ हुँन पाउँनु पर्छ । मरेपछि पनि पहिचान मेटिनु हुँदैन । यो लिम्बुुहरूको मानव अधिकार हो ।’

लिम्बुुहरूको सभ्यता र पहिचान बाकेको सांस्कृतिक सम्पदामा अतिक्रम भइरहेको छ । चुम्लुङ मुन्धुमी स्थलको संरक्षण गर्दै सम्यताको विकासमा लागेको छ अध्यक्ष येक्तेनले भने-सरकार ऐतिहासिक मुन्धुमी स्थल पाथीभरा (मुुक्कुलुुङ)लाई व्यापारिक केन्द्र बनाउँन लागेको छ । किन सरकार पवित्र भूमिलाई व्यापारिक केन्द्र बनाएर अपवित्र बनाउँन खोज्दै छ । यसले हाम्रो सम्पूर्ण लिम्बुुहरूको आस्थालाई अपमान गरको छ ।’

अध्यक्ष येक्तेनले शैक्षिक चेतनाको हिसाबले लिम्बुुहरू कमजोर छन् । आफ्नो भाषा पढन लेख्न जान्दैनन् भन्नुुहुन्छ । राज्यबाट मातृभाषाको पढाई र शिक्षक दरबन्दी सुनिश्चित होस त पढ्छन् कि पढ्दैनन थाहा हुँने बताउँदै, मातृभाषा शिक्षा पठनपाठनका लागि दरबन्दी सुुनिश्चित गरिदिन सरकारसँग माग गरे ।

उनले १ नम्बर प्रदेशको नाम पहिचानको आधारमा हुँनुपर्नेमा जोड दिदै, नामको विषयमा जनताको भावनामा खेलबाड नगर्न आग्रह समेत गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार