चुलाचुली गाउँपालिका वडा नम्बर ५ ले गर्‍यो, सार्वजनिक सुनुवाई


सेवारो खबर  142 पटक हेरिएको

इलामः चुलाचुली गाउँपालिका वडा नम्बर ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले सजिकरण गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा वडाको समग्र विकासको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।

सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको सम्बोधन पालिकाको विभिन्न विषयगत शाखाबाट भएको थियो । वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सहभागिको जिज्ञासा सम्बोधन गरिएको बताइएको छ ।

जनप्रतिनीधि तथा कर्मचारीहरूमा जवाफदेही सुुशासनको संस्कार बसाउँदै् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको सम्बन्ध निर्माण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरेको गाउँपालिका उपाध्यक्ष दिलु लावतीले बताइन् ।

उपाध्यक्ष लावतीले सार्वजनिक सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने सार्वजनिक सुनुवाइले पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउँदै सार्वजनिक सेवा, वस्तु र निणर्य प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास भएको जानकारी गराइन् ।

सार्वजनीक सुनुवाईमा गाउँपालिकाकाबाट चालु आर्थिक वर्षमा भएका विकास निर्माणका कामका बारेमा जानकारी गराउनुका साथै चुलाचुली पालिकाबासीको सेवा प्रभावमा देखिएका सुझावहरु संकलन गरिएको बताइएको छ ।

सुनुवाई कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, शाखा प्रमुख तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार