झापाः बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न समितिको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति बनाएको छ ।
निर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, कोषाध्यक्षमा उदयपुरकी इश्वरी कार्की र सदस्यहरूमा पाँचथरका महेन्द्र नेम्बाङ, तेह्रथुमका ईङसा कन्दङ्बा ताप्लेजुङका रामकुमार मादेन मोरङाका शुदर्शनप्रसाद भट्टराई रहेका छन् ।
यस्तै अधिवेसनले ५ जना केन्द्रिय अधिबेशन प्रतिनिधिमा समेत छानेको छ । छानिएका प्रतिनिधिमा बासुदेव, बिश्वबिजयी घिमिरे, अतुल दाहाल, राजेन्द्र कुमार पराजुली र बिनिता निरौला छ्न ।
अधिवेसनमा नेपाल बुद्दिचाल महासंघको केन्द्रिय अध्यक्ष विदुर गौतमले बुद्दिचालको विकासमा संघलाई साथमा लिएर राज्य अझ जिम्मेवार भएर लाग्न सके अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सक्ने सम्भावना भएकोले संघलाई रचनात्मक र कृयाशिल रहन आग्रह गरे ।
महासंघ सचिवले मोनालिसा खम्बुले बुद्दिचाल खेल बालवालिका र युवालाई विशेष समर्पित गरेर विकास गरे चाडै प्रगति हुने बताउँदै विशेष गरि महिला खेलाडी उत्पदनमा समेत लाग्न आग्रह गरिन ।
कार्यक्रममा पूूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, केन्द्रिय सदस्य दिपेन राई लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्षले बसाए पहिलो बैठक
बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिका नवनिर्वाचित समिति अध्यक्ष सुरेन्द्र कुमार राईको अध्यक्षता आज बसेको पहिलो बैठक बसको छ ।
बैठकले सबै अतिथि र प्रतिनिधिलाइ धन्यवाद ब्यक्त गर्दै प्रदेश नं.-१ मा बुद्दिचाल विकास, विस्तार र प्रबर्द्धनका लागि कार्ययोजना समेत बनाएको छ ।
प्रदेश नम्बर एकलाइ चेस पर्यटनको रूपका विकास गर्ने नयाँ खेलाडी उत्पादन र युवा खेलाडीको सिप र क्षमता विकास साथै अग्रजलाइ सम्मान गर्दै अनुभवलाई लिएर लाग्ने निणर्य गरेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडी प्रदेशबाट उत्पदनका जोड दिने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत गर्ने प्रदेशले मुख्य लक्ष्य राखेको जानकारी दिदै बुद्दिचाल विकासको लागि गुरुयोजना निर्माणमा लाग्ने निणर्य भएको अध्यक्ष राइले बताएका छन् ।