इलामः रोङ गाउँपालिका ६ पाटापुरमा नामसालिड. सामुदायिक विकास केन्द्रले सोलार लिफ्टीड.प्रविधिको सिचाई आयोजना सम्पन्न गरेको छ ।
गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम लिफ्टीङ प्रविधीको सिचाई आयोजना पुरा भएको हो ।
आयोजनाको कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोेले बुधबार संयुक्त रूपमा उद्घघाटन गर्दै पाटापुर गाउँलाई जलबायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी भइरहेको बताए ।
नामसालिड. सामुदायिक विकास केन्द्रका टिमलिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सिचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको जानकारी गराए ।
पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउँसँगै खेत बारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानी पिसानी मील र च्यापकटर मेशीन वितरण गरिएको जनाइएको छ ।