माङसेबुङ: माङ्सेबुुङ गाउँपालिका वडा नम्बर ५ ले प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सरस्वती माध्यमिक विद्यालयमा वडा स्तरीय प्रतिभा पहिचान छनौट सम्पन्न गरेको हो ।
कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालयस्तरीय चित्रकला, कक्षा ९ देखि १२ को वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । खेलमा सहभागी भई प्रथम स्थान हासिल गर्ने छात्रा र छात्र वा समूह गाउँपालिका स्तरको प्रतियोगितामा सहभागी हुँन पाउँनेछन् ।
चित्रकला छात्रतर्फ श्री किरात साम्जिक मुन्धुम आधारभूत विद्यालयका विमल लावती प्रथम, ओतहाङमा फियाक द्धितिय र जयश्वरी आधारभूत विद्यालयका निर्जला लिम्बूू र त्रिर्सन राई तृतिय भएका छन् ।
यस्तै छात्रातर्फ सरस्वती माध्यमिक विद्यालयकी निलिमा राई प्रथम, अरूण थेगित द्धितिय भएको श्री किरात साम्जिक मुन्धुम आधारभूत विद्यालयकी प्रधानाध्यापक कल्पना लिङदेनले जानकारी गराइन् ।
वडाको सरस्वती माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मको बतृत्वकला छात्रातर्फ दिलु सदमा पुुँवर ममगर प्रथम, कुसल सेर्मा द्धितिय र सारती राई तृतिय भएकी छन् । छात्रतर्फ सन्जोग लिम्बूू प्रथम, सेसे लिम्बूू द्धितिय र जसन नेम्बाङ तृतिय भएका शिक्षक मन कुमार आङबुहाङले जानकारी गराए ।
यस्तै हाजिरीजवाफ प्रतियोगितामा सामुुहिक रूपमा चम्जम्लुुङ हाउस प्रथम, फक्ताङलङ हाउस दोस्रो, सेन्छेलुुङ हाउस तृतिय र मुुक्कुमलुुङ हाउस सान्तवना भएका छन् ।